• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • जीवनशैली
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज–२५ साउन २०८२ आइतवारको राशिफल

    ४ महिना अघि

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ४ महिना अघि

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ५ महिना अघि

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५ महिना अघि

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६ महिना अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ६ महिना अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ६ महिना अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ६ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ६ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ६ महिना अघि
FLASH NEWS
  • १आज–२५ साउन २०८२ आइतवारको राशिफल
  • २आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • ३आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल
  • ४आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
  • ५आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • ६आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ७आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ८आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • जीवनशैली
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ मंसिर २७, शनिबार
in
होमपेज / खेलकुद
  • ७८३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • इतिहासकै नेपालको खराब नतिजा

  • संदेश पत्र
  • २०८१ कार्तिक ३, शनिबार (१ साल अघि)
  • फाईल तस्विर

    नेपाली भूमिमा फरक शैलीको फुटबल खेलेको भुटानले बिहीबार घरेलु टोलीलाई रोक्दै साफ महिला च्याम्पियनसिपमा ऐतिहासिक नतिजा निकालेको छ।

    साफ महिला च्याम्पियनसिपको दसवर्षे इतिहासमा भुटानले बिहीबार नेपाललाई गोलरहित बराबरीमा रोक्यो। दशरथ रंगशालामा निस्किएको यो नतिजा भुटानका लागि ऐतिहासिक बन्यो। नेपाली महिला टोलीका लागि भने यो अहिलेसम्मकै खराब नतिजा हो।

    यसअघि नेपाल भुटानसँग अंक बाँडेको र गोल गर्न असफल भएको थिएन। तर, शुक्रबार भने भुटानले नेपालविरुद्ध इतिहास रच्यो। साफका ६ संस्करणमध्ये नेपालले तेस्रोदेखि छैटौंसम्म लगातार भुटानसँग खेल्दै आएको छ। यसबीच कुल चार भेटमा नेपालको भुटानमाथि विजययात्रा कायमै थियो।

    पछिल्ला चार खेलमा गरेर ३६० मिनेटसम्म भुटानविरुद्ध गोल गर्दै आएको नेपाल पहिलोपल्ट असफल बन्यो। यसअघि नेपालले चार खेलमा भुटानमाथि २३ गोल गरेको थियो। जुन गोल स्कोरिङ लय बिहीबार भुटानी खेलाडी तोड्न सफल भए।

    यसअघि नेपालले भुटानलाई सन् २०१४ र ०१६ को तेस्रो र चौथो साफमा समान ८–०, सन् २०१९ को पाँचौं साफमा ३–० र सन् २०२२ को छैटौं साफमा ४–० ले हराएको थियो। तर, सातौं संस्करणमा टिम वर्क र फिनिसिङमा चुकेको नेपालले इतिहासकै खराब नतिजा बेहोर्नुपर्‍यो। नेपालका प्रशिक्षक राजेन्द्र तामाङ पनि भुटानसँगको यो नतिजाबाट चिन्तित भए।

    ‘भुटानसँग अहिलेसम्म राम्रो नतिजा थियो। तर, आज हामीले त्यो लय जारी राख्न सकेनौं। पक्कै पनि यो राम्रो संकेत होइन,’ प्रशिक्षक तामाङले भने, ‘टिम वर्क र स्कोरिङमा चुक्दा यो नतिजा सामना गर्न बाध्य भयौं। यद्यपि अब अगाडि बढ्नुको विकल्प छैन।’

    भुटानले बिहीबार साफ इतिहास रच्दा केही सकारात्मक प्रदर्शन गर्‍यो। नेपाली मध्यक्रम र अग्रपंक्तिलाई खुलेर खेल्नै दिएनन्। भुटानले बलियो रक्षात्मक र जुझारु शैलीको फुटबल खेल्यो । अन्तिम १० मिनेट भुटानले नेपाली पोस्टमा लगातार दबाब पनि प्रस्तुत गर्‍यो। जुन प्रदर्शनले महिला साफमा भुटानको उदय हुन सक्ने सम्भावना देखाएको छ।

    बिहीबार फरक शैलीको खेल नै भुटानलाई नेपालविरुद्ध पहिलो अंक दिलाउने आधार बन्यो। मैदानमा भुटानको प्रदर्शन यस किसिमको नतिजाको हकदार पनि देखिन्थ्यो। भुटानले यस च्याम्पियनसिपका लागि लामो समयदेखि तयारी पनि गरेको थियो। अनुभवी र सफल प्रशिक्षकसँगै लामो समयको तयारी थियो, भुटानको।

    इङ्लिस प्रशिक्षक निकोला डिमेनले ९ महिनादेखि टोलीको प्रशिक्षणमा धेरै सुधार गरेको पनि स्पष्ट देखियो। निकोलाको प्रशिक्षणमा पपुवा न्युगिनीले पहिलोपल्ट ओसिएना फुटबल फेडेरेसन वुमन्स नेसन्स कपको उपाधि जितेको थियो। भुटानका लागि पनि उनले साफमा नयाँ इतिहास कोरिन्।

    प्रतियोगिताअगाडि भएको पत्रकार सम्मेलनमा निकोलाले नेपालसहित श्रीलंका र माल्दिभ्स गरी चार राष्ट्र रहेको समूह ‘बी’ बाट पार गर्दै नकआउट चरण खेल्ने लक्ष्य देखाएकी थिइन्। जहाँ उनले प्रतियोगितामा बलियो मानिएको टोली नेपालविरुद्ध अंक खोस्दै सुखद संकेत गरेकी छन्।

    ‘आज मेरा खेलाडीले राम्रै खेले। नेपालको खेल पनि धेरै राम्रो थियो। मेरा खेलाडीले नेपालको तीव्र पासिङ र आक्रमण रोक्न सफल भए र अंक दिलाए,’ प्रशिक्षक निकोलाले भनिन, ‘सेमिफाइनलमा पुग्न अब बाँकी खेलमा ध्यान दिनेछौं।’ नेपाल र भुटान र रहेको समूह ‘बी’ मा माल्दिभ्स र श्रीलंका गरी चार राष्ट्र छन्।

    शुक्रबार नै पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सविरुद्ध १–० को जित निकाल्दै सुखद सुरुआत गरिसकेको छ। तर, दोस्रो खेलमा भने गोल निस्किएन। समान एक खेलबाट श्रीलंकाले तीन अंक जोड्दा नेपाल र भुटानको समान एक अंक छ। नेपालले धेरै आक्रमण बुने पनि अग्रपंक्तिले सफलता पाउन सकेन।

    भुटानकी गोलकिपर संगीता मोङ्गेरले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको चुनौती समाप्त पारिन्। उनी प्लेयर अफ दी म्याच पनि भइन्। त्यसअघि १३औं मिनेटमा नेपालको पहिलो आक्रमण भुटानकी गोलकिपर संगीताले असफल बनाइन्। रश्मिकुमारी घिसिङले करिब १२ यार्डबाट गरेको प्रहार संगीताले पन्च गर्दै बचाउ गरिन्।

    एन्फा महिला लिगको सर्वाधिक गोलकर्ता रश्मि पनि लगातार असफल भइन्। उनले २३औं मिनेटमा पनि अर्को अवसर खेर फालिन्। पेनाल्टी बक्सबाट उनको प्रहार फितलो रह्यो। तीन मिनेटपछि नै सरुले लिम्बूले पनि गोल गर्ने अवसर गुमाइन्। प्रीति राईले पेनाल्टी बक्समा दिएको थ्रु पासमा उनको प्रहार अकासियो।

    त्यसपछि दुवै तर्फबाट केही आक्रमण भए। तर, गोल निस्किएन। पहिलो हाफमा भुटानले घरेलु टोलीलाई गोलरहित बराबरीमा रोक्यो। दोस्रो हाफमा पनि नेपालले लगातार आक्रमण बुन्यो। ५२औं मिनेटमा नेपालको गोल प्रयास गोललाइनबाट क्लियर भयो।

    रेखा पौडेलको प्रहार भुटानकी गोलकिपर संगीताले रोके पनि गोलतर्फ अग्रसर थियो। तर, भुटानकी डिफेन्डर ज्याम्याङ्ग छोडेनले क्लियर गर्दै संकट टारिन्। ५८औं मिनेटमा सविता रानामगर पनि असफल भइन्। पेनाल्टी बक्सबाहिरबाट उनको महत्वाकांक्षी सट भुटानकी गोलकिपर संगीताका लागि चुनौती बन्न सकेन।

    दुबईको क्लबबाट एसियन च्याम्पियन्स लिग खेलेर मंगलबार मात्र नेपाल आएकी रेखाले पनि आशातीत प्रदर्शन गर्न सकिनन्। ५९औं मिनेटमा रेखा वान भर्सेस वानमा गोल गर्न चुकिन्। करिब आठ यार्डबाट अनमार्क रेखाको प्रहार गोलकिपरको हातमै पुग्यो।

    ८४औं मिनेटमा फेरि सविता भुटानकी गोलकिपर संगीतासँग वान भर्सेस वानमा असफल भइन्। अन्तिम १० मिनेटमा भने भुटानले उल्टै नेपालमाथि लगातार दबाब बनायो। गोल भने गर्न सकेन। अतिरिक्त मिनेटमा अमिसा कार्कीले गोल गर्ने अवसर गुमाइन्।

    राइट साइडबाट सविताले दिएको पासलाई पेनाल्टी बक्समा अनमार्क अमिसाले नियन्त्रणमै राख्न सकिनन्। सविताले अन्तिम समयमा गरेको प्रहार पहिलो बारमा लागेर बाहिरिएपछि नेपाल अभागी साबित भयो र पहिलोपल्ट भुटानसँग अंक बाँड्यो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    राजेन्द्र तामाङले छोडे राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षक पद

    भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको फाइनलमा

    पाँचखाल नगर खुल्ला नकआउट फुटबल प्रतियोगिता ९ गते शुक्रबारबाट हुने

    नेपाल सरकारबाट पलेशाले ६५ लाख रुपैयाँ पुरस्कार पाउने

    ताजा समाचार
    १

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    २

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ३

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ४

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ९

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १०

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution