नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा एपीएफ क्लबकी मुख्य फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित एन अभान्ट गुएङग्याम्पले फ्रान्सको शीर्ष डिभिजन लिग डी १ एर्केमा तेस्रो जित निकालेको छ।
शनिबार घरेलु मैदानमा भएको खेलमा साम्बा सम्मिलित गुएङग्याम्पले फ्लुरी ९१ लाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
फ्लुरी ९१ विरुद्धको खेलमा साम्बाले अन्तिम १५ मिनेट मौका पाएकी थिइन्।
खेलको पहिलो हाफमा १–० को अग्रता बनाएको गुएङग्याम्पले दोस्रो हाफमा २ गोल थप्दा १ गोल खान पुग्यो।
साम्बाले गत साता बोर्डोविरुद्धको खेलमा ७५ औँ मिनेटमा मैदान प्रवेश गर्दै फ्रान्सेली लिगमा डेब्यु गरेकी थिइन्।
जितसँगै १४ खेलबाट १२ अंक जोडेको गुएङग्याम्प तालिकाको दसाैँ स्थानमा छ।
गुएङग्याम्पले आगामी शनिबार पेरिस सेन्ट जर्मेनसँग खेल्नेछ।