काठमाडौं । शंखरापुर नगरपालिका वडा नं ३ स्थित जहरसिंपौवा युवा क्लबले हिन्दुहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा असोज १९ गते देखी कार्तिक ३ गतेसम्म सर्वाधिक राशिको पहिलो जहरसिं पौवा नॉकआउट फुटबल प्रतियोगिता २०८० आयोजना गर्ने भएको छ ।
खुल्ला नकआउट फुटबल प्रतियोगितामा क्लब, संघसंस्था र विध्यालयबाट टीम सहभागी हुन सक्ने ओयोजक जहरसिंपौवा युवा क्लबले जानकारी दिएको छ ।असोज ०२ गते देखी असोज १४ गतेसम्म टिम दर्ता गर्न सकिने छ । उद्धाटन खेल शंखरापुर ३ स्थित जहरसिं पौवा खेल मैदानमा असोज १९ गते हुँदै छ ।
प्रतियोगिता कार्तिक ३ गते समापन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु. २ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने दोस्रो हुने टिमले रु.१ लाख नगद प्राप्त गर्नेछन् साथै तेस्रो हुने टिमले रु. ५०,००० नगद एबम मेडल प्रमाणपत्र प्राप्त गर्नेछन ।त्यसैगरी अनुशासित खेलाडी, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई रु दश हजारका दरले नगद तथा प्रमणपत्रका साथमा मेडल प्रदान गरिनेछ।
आयोजक जहरसिंपौवा युवा क्लबले टिम दर्ता शुल्क रु. १५,००० तोकेको छ ।विसं २०८० मा दर्ता भएको यस क्लबले समाजमा स्वास्थ्य, सरसफाइ, शिक्षा र सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमका साथै खेलकूदका माध्यमबाट समाज र देशका लागि योग्य खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। युवाहरू शारीरिक तथा मानसिक गुणको विकास एबम स्वास्थको लागि खेलकुद भन्ने मूल नाराका साथ आयोजित उक्त फुटबल प्रतियोगिता शंखरापुर–३ जहरसिं पौवामा हुने आयोजक समितिले जनाएको छ।
प्रतियोगितामा रु बाइस लाख साट्ठी हजार एक सय दश खर्च हुने क्लबका अध्यक्ष वासु तामाङले जानकारी दिए। उक्त प्रतियोगितालाई सफल बनाउनका लागि नगरपालिका, वडा कार्यालय, स्थानीय टोल विकास संस्था, व्यवसायी र शुभेच्छुकसँग सहयोगको अपेक्षा गरिएको उनले बताए। प्रतियोगितामा सहभागी हुन चाहनुहुने टोलीले असोज १४ गते बेलुकी ५ बजेसम्म दर्ता गरि सक्नुपर्ने क्लबले जनाएको छ।
टिम दर्ताका लागि तलका सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिने छ :
वासु तामाङ – ९८६६३१८६४५
किशोर घलान – ९८६६८२२४९०
राजेन्द्र वाईवा – ९८५१११२२३१
सरोज भोम्जन – ९८६३९२३०४७
दिनेश तिवारी – ९८६१३८५८१७
🖋️ सम्पादक: सबिन श्रेष्ठ