इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा रियाद महरेजले निर्णायक गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको सिटीका लागि महरेजले ६३ औं मिनेटमा ज्याक ग्रेलिसको पासमा निर्णायक गोल गरे । जितसँगै सिटीले १७ खेलमा ३९ अंक जोडेको छ । सिटी दोस्रो स्थानमा रहेको छ । चेल्सी २५ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।