साविक उपविजेता क्रोएसियामाथि स्पष्ट जित हात पार्दै अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
मंगलवार राति भएको खेलमा उपाधि दाबेदार अर्जेन्टिनाले साविक उपविजेता समेत रहेको युरोपेली राष्ट्र अर्जेन्टिनालाई ३–० को स्पष्ट जित हात पारेको हो ।
दक्षिण अमेरिकी राष्ट्रको जितमा जुलियान अल्भारेजले दुई गोल गर्दा लियोनल मेसीले एक गोल गरेका थिए ।
योसंगै चार वर्ष अगाडी रसिया विश्वकपमा बेहोरेको हारको समेत बदला अर्जेन्टिनाले लिएको छ । रसियामा अर्जेन्टिना क्रोएसियासंग समूह चरणको खेलमा ३–० ले पराजित भएको थियो ।
कतारस्थित लुसाइल आइकोनिक रंगशालामा खेलको ३४ औं मिनेटमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसको त्यसको पाँच मिनेट पछि नै अर्जेन्टिनाले अल्भारेजको गोलमार्फत खेलमा २–० ले अगाडी बढ्यो ।
यता दोस्रो हाफको ६९ औं मिनेटमा मेसीको पासमा अल्भारेजले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा खेल अर्जेन्टिनाले ३–० ले जित्यो ।
जितसंगै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । योसंगै फिफा विश्वकपमा छैटौं पटक अर्जेन्टिना फाइनलमा पुगेको छ ।
अब अर्जेन्टिनाले साविक विजेता फ्रान्स र मोरक्कोबीचको विजेतासंग उपाधिका लागि आइतवार प्रतिस्पर्धा गर्नेछ ।