काठमाडौं, कतारमा जारी विश्वकप फुटबलमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले अष्ट्रेलियालाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ।
यतिबेला मेसी र उनका साथीहरू सेमिफाइनल प्रवेशका लागि ४ दिनपछि हुन लागेको नेदरल्याण्ड्सविरुद्धको खेलको तयारीमा छन्। यसैबीच, विश्वकप जित्नसक्ने टोलीबारे उनको अनुमान अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका प्राथमिकतामा परिरहेको छ।
विश्वकप जित्नेसक्ने दाबेदारमा बारेमा मेसीले अर्जेन्टिनासहित ४ टोलीको नाम लिएको स्पेनिस सञ्चारमाध्यम मार्काले जनाएको छ।
सो क्रममा मेसीले आप्नो कट्टर प्रतिद्धन्द्धी ब्राजिल, साविक विजेता फ्रान्स र स्पेनको नाम लिएका छन्।
‘अर्जेन्टिना फुटबलको सदाबहार पावरहाउस हो। यसर्थ, हामी विश्वकपको एउटा दाबेदार हो’, उनले भनेका छन्, ‘क्यामरुनसँग हार्नका बाबजुद ब्राजिल ठूलो दाबेदार हो। साथै, एक–एक खेल हारेपनि फ्रान्स र स्पेन पनि धेरै राम्रो खेलिरहेका छन्।
स्पेनले ुपोसेसनु राखेर खेल्नेशैलीले गर्दा विपक्षीलाई बल पाउनै गाह्रो हुने मेसीले बताए। अनुभव र युवा खेलाडीसहितको उत्कृष्ट टोली समूह चरणबाटै बाहिरिँदा भने आफूलाई अचम्म लागेको उनले बताए।