७ असार, काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा इटाली समूह ‘ए’ विजेता बन्दैको अन्तिम १६ मा प्रवेश गरेको छ । आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोल अन्तरले पराजित गर्दै इटाली समूह नकआउट चरणमा प्रवेश गरेको हो ।
खेलको ५६ औँ मिनेटमा इथान एम्पाडुले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको वेल्सविरुद्ध इटालीलाई जित दिलाउन माटेओ पेसिनाले निर्णायक गोल गरे । उनले खेलको ३९ औँ मिनेटमा माटेओले निर्णायक गोल गरेका हुन् । इटालीसँग पराजित भएपनि वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।