पोखरा : फेसबुकमा महिलाको नामको आइडी बनाई ठगी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीको साइबर ब्यूरोले फेसबुकमार्फत साथी बनाई डिजिटल ठगी गरेको आरोपमा पर्वतको मोदी गाउँपालिका २ बस्ने २६ वर्षीय विश्व शर्मालाई पक्राउ गरेको हो ।
पीडितलाई विभिन्न बहाना बनाइ बैंक तथा डिजिटल वालेटबाट ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
सामाजिक सञ्जालको दुरूपयोग गरी भएको ठगी अन्तर्गतको कसूरमा उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।