• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • जीवनशैली
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ मंसिर २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज–२५ साउन २०८२ आइतवारको राशिफल

    ४ महिना अघि

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ४ महिना अघि

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ५ महिना अघि

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५ महिना अघि

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६ महिना अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ६ महिना अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ६ महिना अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ६ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ६ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ६ महिना अघि
FLASH NEWS
  • १आज–२५ साउन २०८२ आइतवारको राशिफल
  • २आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • ३आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल
  • ४आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
  • ५आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • ६आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ७आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ८आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • जीवनशैली
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ मंसिर २७, शनिबार
in
होमपेज / अपराध
  • ६१८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • अमेरिका स्थित ममताको शव कैयन स्थानमा फोहोरका झोला डिस्पोज गरेको प्रमाण फेला

  • संदेश पत्र
  • २०८१ आश्विन ६, आईतबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ ।
    अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको शव लुकाएको अभियोगमा पक्राउ परेर हिराशतमा रहेका श्रीमान् नरेश भट्टलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । शुक्रबार भएको सुनुवाईमा भट्टलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको हो ।

    शुक्रबारको लामो सुनुवाइमा भट्टलाई धरौटीमा रिहा गर्न नहुने तर्क गर्दै अभियोजकहरूले विभिन्न प्रमाणहरू पेश गरेका थिए । नरेश भट्टले भर्जिनियाको वरपरका विभिन्न स्थानमा फोहोरका कन्टेनरमा फोहोरका झोलाहरू डिस्पोज गरेको भिडियो रहेको अभियोजकहरुको दावी रहेको छ । आफ्नी छोरीलाई अपार्टमेन्ट कम्प्लेक्समा बेबीसिटरकोमा लैजाने क्रममा र फल्स चर्चमा रहेको फोहोर फ्याक्ने ठाउँमा फोहोरका झोलाहरू डिस्पोज गरेको देखिएको अभियोजकको भनाई छ ।

    श्रीमती बेपत्ता भएपछि भट्टले रबराइज्ड पन्जा, चक्कु, अतिरिक्त ठूला भण्डारण झोला र सरसफाईका सामानहरू किनेको भिडियो पनि उनीहरूसँग रहेको अभियोजकहरुको भनाई छ । भट्टको मास्टर बेडरूम र मास्टर बाथरुममा शव सुघ्ने कुकुरहरू पुगेको र त्यसले घरमा शव रहेको संकेत गरेको अभियोजकहरूले बताएका छन् । नरेश भट्टले मस्तिष्कको रेखाचित्र र नजिकैको कुखुरा फार्मको लागी पनि इन्टरनेटमा सर्च गरेको पत्ता लागेको अभियोजकहरूले बताएका छन् ।
    ममता बेपत्ता घटनाको अनुसन्धान गरिरहेको भर्जिनियाको मनासस पार्क प्रहरीले खोजी कार्य र अनुसन्धान जारी राखेको छ । प्रहरीले संघीय पार्टनरहरु एफबीआई र सेक्रेट सर्भिसका साथमा लाउडन काउन्टी र फेयरफ्याक्स काउन्टी प्रहरीसँग पनि सहकार्य गरिरहेको बताएका छन् ।

    ममता काफ्ले बेपत्ताको घटना हुनुभन्दा महिनौं अघि उनका श्रीमान् नरेश भट्टले कम्प्युटरमा श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे सर्च गरेको समेत अभियोजकको भनाई छ । नरेशले आफ्नो कामको कम्प्युटरमा श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे गुगल गरेको पत्ता लागेको अभियोजकले यस अगाडि बताएका थिए ।

    नरेशले जुलाई ३० मा तीनवटा चक्कु र जुलाई ३१ मा सरसफाइका सामग्री फरक–फरक स्थानबाट खरिद गरेको समेत खुलेको थियो । सरसफाईका सामाग्रीहरु अपराध स्थल सफा गर्न प्रयोग गरेको हुनसक्ने अधिकारीहरूले आशंका गरेका छन् । ममताकोबारेमा नरेशले धेरै असंगत वयानहरु दिएको अभियोजकको भनाई छ ।

    अदालती कागजातमा ३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी नरेशले आफ्नी श्रीमती ममताको हत्या गरेको र घटना उनकै निवासमा भएको उल्लेख छ । अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ । त्यस्तै शव घरभित्रै रहेको र घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको पनि अदालती कागजातमा उल्लेख गरिएको छ ।

    उनीविरुद्ध शव लुकाएको सम्बन्धमा छैठौं श्रेणीको अपराधको अभियोग लगाइएको छ । भर्जिनियामा यो अभियोगमा कम्तीमा १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान रहेको छ ।

    अहिलेसम्म ममताको अवस्था अज्ञात छ। प्रहरीले ममता जीवित रहेको कुनै संकेत नरहेको बताएको छ । मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेशसँग कुरा गर्दा उनले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् । अगस्ट ५ मा मात्र नरेशले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए ।
    (अमेरिकाबाट प्रकाशित हुने खासोखास अनलाइनबाट साभार गरिएको हो ।)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गर्ने काभ्रे उमाविका शिक्षक पक्राउ

    पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर बिनुकुमारी शाही फरार

    ताजा समाचार
    १

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    २

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ३

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ४

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ९

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १०

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution