काठमाडौँ । नेपालमा सुनौलो कछुवा फेला परेको छ। प्रदेश–२ को जनकपुर उपमहानगर पालिकास्थित खोयर भन्ने स्थानमा सुनौलो कछुवा दुुई वर्षअघि फेला परे पनि विस्तृत अध्ययन गर्न समय लागेको अध्येताले जानकारी दिएका छन् । सन् २०१८ को अप्रिल १४ का दिन पहिलो पल्ट यो देखिएको थियो।
यस कछुवाको वैज्ञानिक नाम लिसाइमा पौङ्टाटा एन्डरसोनी हो । यस प्रजातिको कछुवाको प्रायजसो रङ हरियोमा केही पहेँला धब्बा भएका हुन्छन्। नयाँ फेला परेको कछुवा पूरै सुनौलो रङको छ । त्यसैले यसको नेपाली नाम नै सुनौलो कछुवा भनेर राखिएको छ।
सुनौलो रङ बाहेक अन्य रङका कछुवा प्रायजसो मानिसले खाने र व्यापार गर्ने गरेकोे भेटिएको छ तर सुनौलो रङ भएकै कारण आफ्नो बासस्थानमा उच्च जोखिममा रहने देवकोटा बताउनुहुन्छ । अन्य गाढा रङका कछुवा जङ्गल, माटो र प्रकृतिसँग मिल्ने भएकाले अनुकूूलन गर्न सहज हुन्छ।
सन् २०१८ को अप्रिल १४ का दिन बिहान जनकपुरमा यो कछुवा पहिलोपल्ट देखिएको थियो । अप्रिल महिनायता तराईमा सर्पको बिगबिगी हुनेगर्दछ । गोरखापत्र दैनिकमा खबर छ।