रोल्पा । रोल्पा जिल्ला अदालतले जबरजस्ती करणीका तीनवटा मुद्दा झुटो भएको ठहर गरेको छ ।
अदालतले झुटो आरोपमा बलात्कार मुद्दा चलाउनु अपराध भएको भन्दै तीन महिलालाई कैद सजाय पनि सुनाएको छ ।
जबरजस्ती करणीमा चलाइएका तीन मुद्दा झुटो ठहरिएपछि आरोप लगाउने महिलालाई नै ३–३ महिना कैद सजाय हुने फैसला गरिएको हो ।
जिल्ला अदालतको यही चैत ६ गतेको फैसलाअनुसार जबरजस्ती करणीको झुटो जाहेरी दिएकी माडी गाउँपालिकाकी एक महिलालाई तीन महिना कैद सजाय तोकिएको छ ।
त्यस्तै जिल्ला अदालतले जबरजस्ती करणीसम्बन्धी अर्को मुद्दामा लिवाङकी एक महिलालाई उनले दिएको जाहेरी झुटो ठहरेको भन्दै तीन महिना कैद सजाय हुने फैसला चैत २ गते सुनाएको हो ।
यो खबर आजको नागरिक दैनिकमा छ ।