ओखर प्रोटिनको सबैभन्दा राम्रो श्रोत त हो नै यसले जिउबाट हानिकारक कोलेस्ट्रोल निकाल्नमा पनि मद्धत गर्दछ । यसमा ओमेगा थ्री फ्याट्टी अम्ल भरपूर मात्रमा पाइन्छ जसको एन्टी इन्फ्लामेटरी गुणवत्ताका कारण उच्च रक्तचापको खतरा पनि कम गर्न सहयोग मिल्दछ । हालै भएको एक अध्ययन अनुसार नियमित रुपमा ओखरको सेवन गर्ने महिलामा शारीरिक समस्याहरुको सम्भावना निकै कम देखिने गरेको छ ।
साथै नियमित ओखरको सेवनले बुढ्यौलीका लक्षण छिटो देखापर्ने समस्यालाई पनि कम गरिदिन्छ। ओखरमा पोलीअनस्याचुरेटेड फ्याट पाइन्छ जसमा वनस्पतीमा आधारित ओमेगा थ्री फ्याट्टी एसिड, अल्फा लिनोलेनिक एसिड एएलए पनि सामेल हुन्छ । एक औँश अर्थात् २८.५ ग्राम ओखरमा २.५ ग्राम ए एलए पाइन्छ ।
अमेरिकाको बि्रघम एण्ड विमन हस्पिटल तथा हार्वड मेडिकल स्कूलका प्राध्यापक फ्रान्सिन ग्रोडस्टिन भन्छन्ः अधिकांस अध्ययनहरु उमेर बढेसँगैको मधुमेह तथा मुटुरोग जस्ता समस्यामा गरिने अध्ययनसँग सम्बन्धित हुन्छन् । तर बुढ्यौलीको बारेमा गरिने अध्ययनको कमी छ । उनका अनुसार ओखरसँगै फलफूल तथा सागसब्जीको पर्याप्त सेवन, चिनीयुक्त खानेकुरा कम खाने, बोसो तथा सोडियमको सेवन पनि क मगर्ने र रक्सी कम खाने गर्नाले छिटो बुढ्यौलीको लक्षण देखिने समस्या कम हुन्छ ।
जर्नल अफ न्युटि्रसन नामक पत्रिकामा छापिएको पछिल्लो अध्ययनका क्रममा झण्डै ५५ हजार जना महिलालाई सहभागी गराइएको थियो । शोधकर्ताका अनुसार जिउलाई जवान राख्न लागि ओखरको सेवनसँगै स्वस्थ खानपान र सन्तुलित जिवनशैलीको पनि खाँचो हुन्छ ।
यो पनि,गाउँघरमा पाइने असुरोका यस्ता छन् अद्भूत फाइदा, यति धेरै रोगको लागि रामबाण औसधि हुन्छ जानीराखौं, नेपालमा १२०० मिटर सम्मको उचाइमा पाइने असुरो वनमा पाइने जडिबुटी हो । आयुर्वेदमा यसको महत्वको विषयमा विशेष चर्चा हुन्छ । यो औषधीय गुण भएको बुट्यान वर्गमा पर्ने वनस्पति हो। विभिन्न औषधीय गुण हुने असुरको प्रयोग गर्दा रोगीको क्षमता र मात्राको संयोजन नमिलेमा हानिकारक पनि हुन सक्छ ।
असुरोको बोट बन-जंगल, धाराको छेउछाउ साथै खुल्ला ठाउँहरुमा पाइन्छ। असुरोको बुटा प्रायः १ मिटर भन्दा अग्लो हुन्छ र बढीमा २.५ मिटर सम्म अग्लो हुन्छ। यसको पातको लम्बाई २० सेन्टिमिटर र चौडाई ७.५ से.मी सम्म हुन्छ । पातको किनारा धारिलो हुन्छ । फूलहरू एउटै डाँठमा गुच्चमुच्च हुन्छन्। फूलको रंग सेतोमा प्याजी नसाका धर्का देखिन्छ। वन औषधिको नामले पनि असुरोलाई चिनिन्छ। एकपटक उम्रिसकेपछि प्राय नाश नहुने असुरो खेतवारी एवं कान्लाहरुमा पनि प्रशस्तै पाइन्छ ।
श्वासमार्गमा जमेर रहेको कफलाई यसले सजिलै बाहिर निकाल्न मद्दत पु-याउँछ । गाउँघरमा असुराको पातलाई सुकाएर चिलिममा राखेर तमाखु जसरी खाने गरिएको पाइन्छ । यसको हरियो पातको रस निचोरेर मह वा अदुवाको रससँग खाँदा पुरानो खोकी र दम पनि निको हुन्छ। असुरोलाई आउँ तथा मासी परेको बेलामा मिश्रीसँग मिलाएर खाँदा फाइदा गर्छ ।
त्यस्तै धेरै दिनदेखि आएको ज्वरोमा चिराइतो कुट्की र पिपलासँग मिलाएर यसको प्रयोग गर्न सकिन्छ। पात वा फूलको रस १० मिली र सुपको रूपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिन्छ। यसको पात र जरा विशेष गरेर खोकी थाम्ने औषधीहरूमा प्रयोग गरिन्छ। आयुर्वेदअनुसार यसको प्रयोग घाँटी दुख्ने, हृदयरोग, दम, ज्वरो, कमलपित्त इत्यादिमा प्रयोग गरिन्छ। तर असुरोको प्रयोग गर्दा रोगीको क्षमता र मात्राको संयोजन भने मिलाउन आवश्यक रहन्छ ।
कस्तो अवस्थामा असुरोको प्रयोग गर्ने ? रुघा, खोकी, दम, बाथ, ज्वरो, पिसाव पोलेमा, पित्तथैलीमा गडबडी देखिएमा, हृदयरोग, जण्डिस, नाक र मुखबाट रगत बगेमा, विकार रक्तको शुद्धीकरण, पेटमा जुका परेमा, छातीको रोग, क्षयरोग, ब्रोङकाइटिस, जोर्नी दुखेमा वा सुन्निएमा, घाँटी दुखेमा, आँखा पोलेमा, जीउ र काँखी गन्हाएको अवस्थामा समेत यसको प्रयोग गर्न सकिन्छ । यसको पातबाट काढा पकाएर सेवन गरिन्छ । चर्मरोगमा पातको लेदो दलिन्छ । शरीरमा रक्त प्रवाह बढाउन यसको फूलको सेवन गरिन्छ । साथै असुरोबाट जैविक बिषादी र हरियो मल बनाइन्छ ।