चुरेमकवानपुर । आपसी विवादले चर्को रूप लिएपछी हात हालाहालको अवस्था आईलाग्यो । हातपातमा एकले अर्कोको कान टोकेर चुडालिदिए, घटना प्रहरीमा आईपुग्यो तर,प्रहरीले लिखित रूपमा मिलापत्र गरेर पठायो । यो घटना हो मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिकाको ।
गाउँपालिकाको घटनामा आफू पीडित भएको भन्दै किटानी जाहेरी दिन आएका पीडितलाई प्रहरीले नै धम्क्याएर मिलापत्र गराएको पीडितको गुनासो । मकवानपुर प्रहरीले पछिल्ला केही महिनायता जाहेरी दर्ता गराउनुको सट्टा मिलापत्र गराउँदै आएको छ ।
सोर्स, फोर्स र भनसुनका आधारमा अपराधका घटनामा पनि मकवानपुर प्रहरीले जाहेरी लिएर कानून बमोजिम कार्बाही गर्नुको सट्टा लिखित रुपमा मिलापत्र गराउने गरेको हो । बिशेषगरी कुटपिटका घटनामा प्रहरीले ज्यानमार्ने उद्योगमा जाहेरी दर्ता गराउनुको सट्टा लिखीत रुपमा मिलापत्र दवाब वा त्रास देखाएर पिडित पक्षलाई थप पिडा दिनेगरी मिलापत्र गराउनेगरेको हो ।
पछिल्लो घटना मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ अजिङ्गरेमा आफ्नै खेतबारीमा काम गरिरहेका एक जनामाथि निर्घात कुटपिट गर्दै कानै टोकेर छिानाल्दा समेत मकवानपुर प्रहरीले जाहेरी लिन नमानेको र पिडकलाई मात्रै हैन पीडितलाई समेत कार्बाही हुन्छ भन्दै मिलापत्र गराएको गुनासो छ। जाहेरी लिएर कानून अनुसार कार्बाही गर्नुको सट्टामा लिखीत रुपमानै मिलापत्र गराइएको हो ।
सोमबार बिहान ११ बजे आफ्नै ’boutमा मकै छर्न पुगेका ४९ वर्षीय टेकप्रसाद न्यौपानेमाथि स्थानीय ५९ वर्षीय भवानीप्रसाद चौलागाई र कृष्णप्रसाद चौलागाईले कुटपिट गरेका हुन् । न्यौपानेमाथि चौलागाईद्वयले कुटपिट गर्नुको साथै बायाँ कान टोकी आधा काननै छिनाएको न्यौपानेकी श्रीमती संगीता लोहनी न्यौपानेले जानकारी दिइन ।
संगीताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चौलागाईद्वयलाई पक्राउ गरेर अनुसन्धान गर्न जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी लिन नमानेको पीडित पक्षले जनाएको छ ।
यता, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक तथा प्रबक्ता टेकबहादुर कार्कीले आफुकहाँ जाहेरी लिएर नआएको दावि गरे । कान टोकेर छिनाइएका व्यक्तिले पनि कुटपिट गरेको र दुबै पक्षले जिल्ला प्रहरी कार्यालयमा लिखीत रुपमा मिलापत्र गरेर गएको कार्कीले बताए ।
गम्भिर खालका विषयमा पनि प्रहरीले मिलापत्र गराउने यो पहिलो घटना होइन । विभिन्न समयमा मकवानपुर प्रहरीले कुटपिटका घटनामा पिडितलाई थप पिडा दिनेगरी दवाबमा मिलापत्र गराउने गरेको छ । न्यौपाने र अरु दुइजनाका विषयमा ऐलानी जग्गाको विषयमा झगडा भएको र कुटपिट गरेर कान समेत छिनाइएको हो ।
सामान्य विवाद जसरी ज्यानै मार्ने उद्योगलाई पनि सामासुम पार्न खोजेको लोहनीले गुनासो गरिन ।