भक्तपुर । मध्यपुर थिमि नगरपालिका-१ लोकन्थली स्थित मझेरी क्याफेमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् ।
सिन्धुपाल्चोकको चौतरा साँगाचोकगढी नगरपालिका–९ घर भई हाल काठमाडौं नरेफाँट बस्ने ३९ वर्षीय दिलिप गिरीले सञ्चालन गरेको क्याफे जुवातास खेलिरहेको अवस्थामा क्याफे संचालक गिरीसमेत १६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले उनीहरूलाई नगद २ लाख ४२ हजार ८ सय ८५ नेपाली रुपैयाँ, ४८ हजार ५ सय भारतीय रुपैयाँ र १६ बुक ताससहित फेला पारी पक्राउ गरेको भक्तपुर प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा क्याफे संचालक गिरी, सिन्धुपाल्चोक चौतरा साँगाचोकगढी नगरपालिका–१२ घर भई हाल भक्तपुर लोकन्थली बस्ने ४९ वर्षीय टिकाराम गिरी, सिन्धुपाल्चोकको जुगल गाँउपालिका–५ घर भई हाल भक्तपुर कौशलटार बस्ने ४६ वर्षीय जित बहादुर विश्वकर्मा, सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिका–६ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने ३५ वर्षीय नवराज बोहरा रहेका छन् ।
त्यसैगरी, सिन्धुपाल्चोकको जुगल गाँउपालिका–१ घर भई हाल भक्तपुर ठिमी बस्ने ३२ वर्षीय सन्तोष श्रेष्ठ, सिन्धुलीको सुनकोशी गाँउपालिका–९ घर भई हाल काठमाडौं काँडाघारी बस्ने ५८ वर्षीय कसाङ लामा, काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–३ घर भई हाल काठमाडौं स्वयम्भु बस्ने ३८ वर्षीय शंख बज्र लामा, काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–३ घर भई हाल ठिमी भक्तपुर बस्ने ३५ वर्षीय सन्तोष चौलागाई, काभ्रेपलान्चोककै नमोबुद्ध नगरपालिका–७ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने २९ वर्षीय सुमन खनाल, नमोबुद्ध नगरपालिका–७ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने ३६ वर्षीय गोपाल कुईकेल रहेका छन् ।
यस्तै, मकवानपुरको हेटौंडा उप महानगरपालिका–१८ घर भई हाल लोकन्थली काठमाडौं बस्ने ३५ वर्षीय कृष्ण बहादुर मोक्तान, हेटौंडा उप महानगरपालिका–१८ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने ३० वर्षीय विक्रम ब्लोन मोक्तान, दोलखाको कालिन्चोक गाउँपालिका–३ घर भई हाल भक्तपुर ठिमी बस्ने ३९ वर्षीय कृष्ण बुढाथोकी, रसुवाको गोसाईकुण्ड गाँउपालिका–६ घर भई हाल काभ्रे बनेपा बस्ने ३९ वर्षीय छवाङ वाईवा, भारत घर भई हाल ललितपुर कुपण्डोल बस्ने ३२ वर्षीय मदन मण्डल र भारत घर भई हाल ललितपुर कुपण्डोल बस्ने ३० वर्षीय सुनिल कुमारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।