दाङ । दाङको घोराही-लमही सडक खण्डमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भिर घाईते भएका छन् । आईतबार बेलुका करिब ६ बजेको समयमा घोराही उपमहानरपालीका वडा नम्बर ३ स्थित कुईरेपानीमा मिनि ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार चालक प्युठानको नौबहीनी गाउँपालिका ६ का ३२ बर्षिय राजन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनको राप्ति स्वास्थय विज्ञान प्रतिष्ठान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए ।
घोराहीदेखी लमहीतर्फ जाँदै गरेको प्रदेश ०३–००१ क–०१६९ नम्बरको मिनि ट्रकले बिपरित दिशाबाट आउदै गरेको बाग्मति प्रदेश ०२–०१६ प-३६५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार मृतक केसीकी श्रीमती २६ वर्षिया सन्ध्या केसी र उनकै २ वर्षिया छोरी राष्ट्रियता केसीको अवस्था पनि गम्भीर रहेको नायव उपरीक्षक कुमार गौतमले बताए ।
आमाको दायाँ खुट्टामा र टाउकोमा गम्भिर चोट लागेको छ भने छोरीको भित्री चाेटका कारण गम्भिर घाईते भएकाे प्रहरीले जनाएकाे छ । घाईते दुबैको राप्ति स्वास्थय विज्ञान प्रतिष्ठान उपचार भैरहेको छ । मिनि ट्रक र चालकलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।