काठमाडौं – नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । यस्तै सप्तरीमा मंगलबार राति कोरोनाभाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भएका ८० वर्षीय वृद्व रहेका छन् । उनलाई लगायतार ज्वरो आए कोरोना परिक्षण गरिएको थियो । उनको मंगलबार रिपोर्ट पोजेटिभ आएको थियो । उनको उपचारको लागि एम्बुलेन्समा लैजादै गर्दा मृत्यु भएको हो ।
राजविराज ६ स्थित सिरहा रोडमा बस्दै आएकी उनी मुटु, थाइराइड, सुगर, उच्च रक्तचापबाट पीडित रहेका थिए । उनको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ ।