• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २३, सोमबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ३ हफ्ता अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ३ हफ्ता अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ३ हफ्ता अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    १ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    १ महिना अघि

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    १ महिना अघि

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    १ महिना अघि

    आइतबार सार्वजनिक बिदा

    १ महिना अघि

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    १ महिना अघि
FLASH NEWS
  • १आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • २आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ३आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ४आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • ५राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
  • ६कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ
  • ७बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्
  • ८आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ अषाढ २३, सोमबार
in
होमपेज / मुख्य समाचार
  • ४८६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • किन आक्रमणमा परे कांग्रेस सहमहामन्त्री यादव ?

  • संदेश पत्र
  • २०८० भाद्र २१, बिहिबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । राजेन्द्र लिङ्देननिकट राप्रपाका कार्यकर्तासमेत रहेका नुवाकोट विदुर-७ तुप्चेका ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गरेका हुन्। बुधबार काठमाडौं महानगरपालिका-२८ स्थित भृकुटीमण्डपमा आयोजित रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रम सकिएपछि सापकोटाले यादवलाई खुकुरी प्रहार गरेका हुन् ।

    यादवको टाउकोपछाडि चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए । उनले योजनाबद्ध रूपमा खुकुरी बोकेर आएको अनुसन्धानबाट देखिएको छ । यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ । प्रहरी वृत्त सिंहदरबारमा राखिएका सापकोटाले प्रहरीसँगको बयानमा सापकोटालाई आफूले रिसको आवेगमा खुकुरी प्रहार गरेको बताएका छन् । आफू राष्ट्रवादी भएको र नेताहरूले संसदबाट एमसिसी पारित गरेको, ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिएको जस्ता कारणले रिसको आवेगमा नेतामाथि आक्रमण गरेको बताएका छन् ।

    यादवलाई ट्रमा सेन्टरमा आइसियूमा राखेर उपचार भइरहेको र उनको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘टाउकोको सिटी स्क्यान गर्दा हाल कुनै पनि आन्तरिक चोट नदेखिएको जानकारी गराइन्छ, उहाँको टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्युरो सर्जरी/ओर्थोपेडिक सर्जरीका विज्ञ चिकित्सकहरूद्वारा शल्यक्रिया गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको छ, तत्पश्चात् हेर्नका लागि ट्रमा सेन्टरको आइसियूमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ, हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा आइसियूमा उपचार भइरहेको जानकारी गराइन्छ ।’ यादवको टाउकोको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएकाले गहिरो घाउ परेको अस्पतालले जनाएको छ ।

    आक्रमणमा पर्दा राप्रपाका महामन्त्रीसँग बाहिरिदै थिए यादव

    सहमहामन्त्री महेन्द्र यादवलाई आक्रमण गर्ने श्याम सापकोटा बालाजुको पैंयुटारबाट भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आएका थिए । झोलामा खुकुरी बोकेर आएका सापकोटाले रिपोर्टर्स क्लबमा नेताहरू आउँछन् भन्ने सुनेकै आधारमा त्यहाँ पुगेको बताइन्छ ।

    रिपोर्टस क्लब नेपालमा बुधबार साक्षात्कार कार्यक्रममा काँग्रेस सहमहामन्त्री यादवले भाषण गर्दा पहिलो लहरमा सापकोटा बसेर सुनिरहेका देखिन्छन् । कार्यक्रम सकिएलगतै यादव राप्रपाकै महामन्त्री धवलशमसेर जबरासँग कुरा गर्दै बाहिरिने क्रममा सापकोटाले झोला खोलेर एकाएक खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीको भनाइ छ । करिब सवा १ बजे सापकोटाले यादवमाथि आक्रमण गरेका थिए ।

    यादवलाई आक्रमण गरेपछि सापकोटाले ‘एमसिसी मुर्दाबाद, मेरो देश प्राणभन्दा प्यारो छ’ भन्दै नाराबाजी गरे । उनले प्रधानमन्त्री तथा मन्त्री र नेताहरूलाई गालीगलोज गर्दै आफू राष्ट्रवादी भएको भन्दै नारा लगाए । प्रहरीको नियन्त्रणमा रहेकै बेलामा उनले भाषण गरिरहेका थिए भने प्रहरी सुनेर बसिरहेका थिए ।

    राजेन्द्र लिङ्देनको पार्टी राप्रपामा तीन वर्षअघिदेखि विभिन्न कार्यक्रम र मोर्चामा सहभागी हुने गरेका नुवाकोट विदुर–७ तुप्चेका सापकोटाले पछिल्लो समय तीन राजनीतिक पार्टी, नेपाली काँग्रेस, एमाले र माओवादीका नेताहरूको आलोचना गर्दै आएका थिए । उनले राप्रपाका लिङ्देनलाई भने राष्ट्रवादी नेता मान्दै आएका थिए ।

    नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

    सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ ।

    पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपमा खुकुरी प्रहार भएपछि नेविसंघले विज्ञप्ति निकालेर गृहमन्त्रीको राजीनामा मागेको हो। ‘मुलुकमा आमनागरिकको जिउ, ज्यानको रक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीप्राप्त गृहमन्त्री पूर्ण रूपले असफल भएको यस घटनाले पुष्टि गरेको छ,’ नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यस घटनाको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने नेविसंघको भनाइ छ। राजधानी दैनिकबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    माओवादी सुदूरपश्चिमको प्रमुख सचेतक बनिन् माल

    सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ

    कांग्रेस सांसद शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

    निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : मन्त्री नारायणकाजी श्रेष्ठ

    ताजा समाचार
    १

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ३

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ४

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ५

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ६

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ७

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    ८

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ९

    आइतबार सार्वजनिक बिदा

    १०

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution