• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / अपराध
  • ६०० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • १५ वर्षमै फकाएर बिहे, गर्भवती भएपछि श्रीमान् सम्पर्क विहीन

  • संदेश पत्र
  • २०७९ फागुन १६, मंगलबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं– गत फागुन ४ गते सामाजिक सञ्जाल फेसबुकमा एक किशोरी रुँदै आफ्नो श्रीमान् बेपत्ता भएको बिलौना सुनाउँदै थिइन्। उनी हुन् जुम्ला घर भएकी १६ वर्षीया सुस्मिता (नाम परिवर्तन)।

    फेसबुक पेजमा राखिएको उक्त भिडियोमा सुस्मिताले आफू १५ वर्षकी हुँदा ललाइफकाइ बिहे गराइएको र १६ वर्षको उमेरमा गर्भवती भएको बताएकी छन्। आफू गर्भवती भएको जानकारी पाउनेबित्तिकै श्रीमान् सम्पर्कविहीन भएको भन्दै खोजीका लागि गुहार मागिरहेकी छन्।

    जुम्लाको सिजाकी सुस्मिताका बुवा ३ वर्षअघि बाख्रा चराउन जंगल गएका बेला उतै झुण्डिएको अवस्थामा फेला परे। त्यसपछि दैनिकजसो घरमा साहुहरु ऋण माग्नका लागि धाउन थाले। आम्दानीको अर्को स्रोत नभएको र घरमा खान/लाउनसमेत समस्या परेको अवस्थामा साहुहरुको दैनिक आवतजावतले उनकी आमा मानसिक रोगकी सिकार बनिन्। त्यसैमाथि बर्खामा आएको बाढीले घरखेत बगायो।

    घरमा केही नभएपछि उनी बजारमा डेरा लिएर बस्न थालिन्। त्यो डेराका लागि पनि विवाह गरेर भारतमा रहेकी उनकी दिदीले पैसा पठाइदिन्थिइन्।

    न घर न खेत, केही नभएपछि उनलाई समस्या पर्‍यो। आमाको अवस्था बिग्रिएपछि २ जना भाइ र १ जना बहिनीको जिम्मेवारी पनि उनकै काँधमा आयो। कक्षा ८ मा पढ्दै गरेकी सुस्मितालाई काम खोज्नुपर्ने अवस्था आयो। सोही क्रममा भारतमा रहेकी उनकी जेठी दिदीले कामका लागि त्यतै आउन भनिन्।

    अभाव टार्न बिहे
    भारत पुगेपछि उनले खेतबारीमा मल बोक्ने काम पाइन्। काम गर्दैगर्दा सुर्खेत घर भएकी मञ्जु कुर्मीसँग उनको चिनजान भयो। मञ्जु पनि सुस्मिताले काम गर्ने ठाउँमै काम गर्थिन्।

    दुवैजनाबीच चिनजान बाक्लो हुँदै जाँदा सुस्मिताले मञ्जुलाई आफ्नो र परिवारको अवस्थाबारे जानकारी गराइन्। पढ्ने उमेरमा अर्काको देशमा कमाउन आउनुपर्ने बाध्यताबारे उनले मञ्जुसँग बेलिविस्तार लाइन्।

    उनको त्यो दुःख देखेपछि ती महिलाले आफ्नो गाउँकै एक जना इमान्दार केटा भएको र विवाह गर्न सुझाइन्। उनी जम्मा १५ वर्षकी मात्र थिइन्। विवाह गरेपछि घरको अवस्था सुधार गर्न सहयोग मिल्ने र जिन्दगीमा पनि केही दु:ख घट्ने आश्वासन पाएपछि सुस्मिता बिहेका लागि राजी भइन्।

    विवाहित दिदीको आश्रयमा अर्काको देशमा काम गर्न गएकी सुस्मिताका लागि त्यो प्रस्ताव आफ्नो जिन्दगीमा दु:ख घटाउने माध्यम हुन्छ भन्ने विश्वास लाग्यो। ‘मेरो अवस्थाबारे जानकारी पाएपछि ती दिदीले आफ्नो गाउँको एउटा इमान्दार केटा यतै काम गरिरहेको जानकारी गराइन्। त्यो केटासँग बिहे गरे सुख पाउँछेस् भनेर फकाइन्। मैले केटा पनि देखेकै थिइन्ँ,’ नेपाल लाइभसँग कुरा गर्दै सुस्मिताले आफ्नो दुखेसो पोखिन्।

    सुस्मिताको मञ्जुरीपछि मञ्जुले सुर्खेतका २० वर्षीय सागर भेरीमगरसँग चिनजान गराइदिइन्। भाइ–बहिनीलाई थोरै भए पनि हेर्न सकिन्छ र आफ्नो अवस्था पनि सुधार हुन्छ कि भनेर उनले गत चैत्र १ गते भारतमै विवाह गरिन्। भारतमा हुँदासम्म उनीहरुको सम्बन्ध राम्रै थियो। गत भदौमा भने उनीहरु सुर्खेतमा भएको सागरको घर आए।

    सुर्खेतमा श्रीमान्‌को घरमा आइसकेपछि आफूहरुले सिन्दुर फूकाएको सुस्मिताले सुनाइन्। घर आएसँगै उनी गर्भवती पनि भइन्। अहिले सुस्मिताको पेटमा सागरको सात महिनाको बच्चा छ। गर्भवती भएसँगै सागर फेरि कमाउन भारततर्फ लागे।

    सासू–सुराबाट हिंसा
    श्रीमान् भारत गएपछि उनले घर सम्हालेर बस्न थालिन्। ‘केही दिनसम्म त सासू–ससुराको व्यवहार राम्रै थियो। तर विस्तारै उहाँहरुले पनि वास्ता गर्न छाड्नुभयो। कहिलेकाहिँ काममा ढिला हुँदा गाली मात्र होइन, कुटपिटसमेत गर्न थाल्नुभयो,’ उनले भनिन्, ‘मेरो छोराले तँ भन्दा राम्री केटी पाउँथ्यो। तँ किन पछि लागेर आइस् भनेर ससुराले कुटपिटसमेत गर्थे।’

    जे–जस्तो भए पनि उनी सहेरै घरमा बसिन्। दशैं लाग्यो, उनलाई माइती जान मन लाग्यो। माइत जान उनले घरमा सल्लाह गरिन्। तर सासू–ससुरा माइती पठाउन राजी भएनन्। उनका काका ससुराले भने उनलाई माइतीमा पुर्‍याए।

    माइती पुगेदेखि श्रीमान् सम्पर्कविहीन
    जब उनी माइत पुगिन् त्यसपछि सागरले उनको फोन नै उठाउन छाडे। अरु नम्बरबाट फोन गर्दा पनि फोन काट्ने र ढाँट्ने गर्न थालेको सुस्मिता बताउँछिन्। आफ्नो नम्बर त ‘ब्ल्याक लिस्ट’ राखेको उनी बताउँछिन्।

    ‘सुर्खेत घर जाउँ भने घर नै चिन्दिनँ। पहिला घर त गएको हो, धेरै बसिनँ। उता श्रीमान्‌ले फोन उठाउँदैनन्। पेटमा ७ महिनाको बच्चा छ। घरमा भाइ बहिनी सानै छन्। ममी पनि मानसिक रोगी हुनुहुन्छ। गर्भ जाँच गर्ने पैसा समेत नभएर गएको थिइनँ। आज एकजना दिदीले अस्पताल लगेपछि गएँ,’ उनले नेपाल लाइभसँग भनिन्।

    उनले भारतमा श्रीमान्‌सँगै बस्ने श्रीमानका मामाको नम्बरमा फोन गर्दा मामाले समेत श्रीमान् सागरसँग कुरा नगराएको सुस्मिताको भनाइ छ। भारत बस्ने उनका श्रीमान्‌का मामासँग नेपाल लाइभले पटक–पटक टेलिफोन सम्पर्क गर्दा सम्पर्कमा आउन चाहेनन्।

    सुस्मिताले दिएको उनका श्रीमान् सागरको भारतीय नम्बरमा सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन। साभार-नेपाल लाइभबाट 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गर्ने काभ्रे उमाविका शिक्षक पक्राउ

    पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर बिनुकुमारी शाही फरार

    अमेरिका स्थित ममताको शव कैयन स्थानमा फोहोरका झोला डिस्पोज गरेको प्रमाण फेला

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution