काठमाडौँ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन फरवार्ड नेयमार जुनियरका विश्वभरका फ्यानका लागि एउटा निराशाजनक खबर आएको छ। फरवार्ड नेयमार गम्भीर घाइते भएका छन् ।
फ्रेन्च लिग वान अन्तरगत आइतबार राति लिलमाथि ४–३ को रोमाञ्चक जित निकालेको खेलमा नेयमारले घुँडाको चोट लागेका उनी एक महिना खेल बाहिर रहनु पर्ने भएको हो ।
‘उनको एमआरआई स्क्यानमा कुनै फ्याक्चर भएको देखिएको छैन तर उनको लिगामेन्टको थप परिक्षण भइरहेको छ,’ फ्रान्सेली क्लब पीएसजीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । एमआरई परिक्षणपछि उनी कम्तीमा पनि एक महिना मैदान बाहिर रहनु पर्ने भएको क्लबले जनाएको छ ।
बेन्जामिन आन्द्रेले गरेको ट्याकलमा ब्राजिलियन स्टार नेयमार घाइते भएका थिए । लिलको मिडफिल्डरले नेयमारलाई फउल गरेपछि मैदानमा लड्न पुगेका गिए । त्यसपछि उनलाई स्ट्रेचरबाट मैदान बाहिर लगिएको थियो । यो पिएसजीको लागि ठुलो झट्काको रुपमा हेरिएको छ ।
स्कटल्याण्डका प्रशिक्षकले यसरी गरे सन्दीपको खुलेरै तारिफ
नेपालसँगको खेल हारेपछि स्कटल्याण्डका प्रशिक्षक शेर बर्गरले आफ्नो प्रतिक्रिया दिएका छन्। उनले नेपाली खेलाडीमा सानदार आत्मविश्वास देखिएको बताएका छन्।
उनले मोन्टीको पनि तारिफ गरे। ‘नेपाली टिम सुरुदेखि नै आत्मविश्वासी देखिन्थ्यो । आत्मविश्वास नै जितको सूत्र हो । उनीहरुसँग विश्वको उत्कृष्ट बलर सन्दीप छ । उसलाई कहाँनेर कसरी विकेट लिने राम्रोसँग थाहा छ । ब्याटिङमा पनि फरक खेलाडी र फरक साझेदारीले खेल जिताइरहेका छन्,’ प्रशिक्षक बर्गरले भने, ‘उनीहरुसँग अहिले मोन्टी आएका छन् । उनले टिममा निकै सकारात्मकता ल्याएका छन् । यो नेपालका लागि राम्रो पक्ष हो ।’
बर्गरले यही शृंखलाबाट स्कटल्याण्ड टिमको जिम्मवारी छाडेका छन् । तर, चार वर्ष लामो लिग टू शृंखलामा टिमलाई उपाधि दिलाउन बर्गरको रणनीतिको भूमिका ठूलो छ । उनले युवा खेलाडीहरुको राम्रो प्रदर्शन एसोसिएट देशहरुका लागि राम्रो पक्ष भएको बताएका छन् । स्कटल्याण्ड टिमलाई मंगलबार नै विजेता ट्रफी प्रदान गरिएको थियो।
‘स्कटल्यान्ड लिग टु को विजेता बन्न एकदमै योग्य टिम थियो । यो २०१९ देखि २०२३ सम्म मेरो टिमले गरेको मेहनतको फल हो । हामीले जुन लक्ष्य बनाएको थियौं त्ये पार गर्दै सफलता पाउनु उत्कृष्ट अनुभव हो,’ उनले थपे, ‘युवा खेलाडी आएका छन् टिममा यो पूरै एसोसिएसनकै लागि राम्रो पक्ष हो । स्कटल्याण्डको प्रशिक्षक जिम्मेवारीबाट बाहिरिँदै गर्दा म खुसी छु ।’
आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्न नेपाल आएको स्कटल्याण्ड नेपालसँगका दुवै खेल हारे पनि च्याम्पियन बनेको छ । क्रिकोणत्मक शृंखलामा नामिबियासँगका दुवै खेल जितेको स्कटल्याण्ड लिग टूका ३६ खेलमा ५० अंक जोड्दै च्याम्पियन बनेको छ ।
क्रिकेटमा एउटा प्रचलित भनाइ छ– कुन खेलाडीले कति स्कोर गर्यो भन्दा पनि कुन खेलाडीले कस्तो परिस्थितिमा कसरी खेल्यो भन्ने महत्वपूर्ण हुन्छ । नेपालका लागि फरक खेलमा फरक फरक खेलाडीले जिम्मेवारी लिएर खेले। आआफ्नो परिस्थितिमा ती सबैका योगदानको मूल्यांकन हुनुपर्छ।
कप्तान रोहितकुमार पौडेल र करण केसीले नवौं विकेटका लागि कीर्तिमानी साझेदारीसँगै नेपालले मंगलबार आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको थियो। यससँगै नेपालले घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेको छ । नेपालले लिग टूमा नेपालले पहिलो पटक सिरिजको चार वटै खेल जितेको हो ।