काठमाडौं । जब आफ्नै आमाको ममता हराउँछ अनी सन्तानले दुःख पाउँछन् । यस्तै एक डरलाग्दो घटना सल्यानमा भएको छ । ममता नभएकी एक आमाले जंगलमा बेवारिसे अवस्थामा बच्चा छाडेर भागेको खुल्न आएको छ । यस घटनामा संलग्न आमासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार बिहान त्यहाँको शारदा नगरपालिका–३ घोरुलाटेको जंगलमा बेवारिसे अवस्थामा २८ दिने बच्चाको आमासहित दुई जनालाई प्रहरीले नियन्त्रण लिएको हो । पक्राउ पर्नेमा शारदा नगरपालिका–३ की आमा ३५ वर्षीया शान्ति परियार शारदा नगरपालिका–२ पानिखोलाको अन्दाजी ३८ वर्षको दान बहादुर भण्डारी रहेका छन् । जंगलमा बच्चा फालेको १२ घण्टापछि २८ दिने बालकको उद्धार गरिनुका साथै बच्चा जंगलमा छोड्ने दुई जनालाई पक्राउ गरिएको सल्यान प्रहरीले जानकारी दिएको छ ।
रोजगारीको सिलसिलामा भारतको उत्तराखण्डमा रहँदा उनीहरुबीच अवैध सम्पर्क रहेको थियो । जसकारण बच्चा जन्मिएको र घर पुग्दा बच्चा नलैजाने दुवैको सल्लाहबमोजिम बाटोमै पर्ने जंगलमा छाडेको बयान दिएको प्रहरीले जनाएको छ। पक्राउ परेका पुरुष विवाहित भएको र महिलनाको सम्बन्धविच्छेद भइसकेको खुल्न आएको छ ।