काठमाडौं – शनिवार राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा रियल मड्रिडले जित निकालेको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा रियल मड्रिडले रियल बेटिसलाई ३-२ गोलले पराजित गरेको हो । उक्त खेलको १४ औं मिनेटमा रियल मड्रिडका फेड्रेरिको भालभर्डेले गोल गरी टिमलाई अग्रता दिलाए ।
त्यसपछि खेलको ३५ औं मिनेटमा बेटिसका एइसा मण्डीले गोल गरी टिमलाई बराबरीमा पुर्याए । त्यसको २ मिनेटमा नै फेरि बेटिसका विलियम कार्भलोले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा ४८ औं मिनेटका बेटिसका डिफेण्डर इमर्सनले आफ्नै पोष्टमा गोल गरे । त्यसपछि खेलको ८२ औं मिनेटमा मड्रिडका सर्जियो रामोसले गोल गरे। उनले पेनाल्टीमार्फत गोल गरेका हुन् ।