एजेन्सी । भन्टा खानु स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । तर कतिपय बिमारी भएको अवस्थामा यो शरीरका लागि नोक्सानदायक हुन सक्छ । कस्तो स्वास्थ्य अवस्थामा भन्टाको सेवन गर्नु हानिकारक हुन्छ ।
विशेषगरी तेलमा तारेर बनाइएको भन्टा मुटु रोगीका लागि हानिकारक हुन सक्छ । किनकी तार्ने क्रममा यसले तेल एकदमै धेरै लिने गर्छ जो मुटु रोगीका लागि हानिकारक हुन सक्छ ।
यदि तपाईंले डिप्रेशनको औषधि सेवन गरिरहनु भएको छ भने पनि भन्टालाई आफ्नो खानपानमा समावेश नगराउनुहोस् । भन्टा खाँदा औषधिको असर कम हुन्छ ।
त्यस्तै मिर्गौलामा पत्थरी परेको व्यक्तिले पनि भन्टा खानु हुँदैन । भन्टाले पत्थरीलाई अझै बढाउँछ र दुखाई पनि बढ्छ ।
तपाईंलाई कुनै प्रकारको एलर्जी छ, जो भन्टा खाँदा देखिने गर्छ भने पनि नखानुहोस । यसले समस्या झनै बढाउन सक्छ ।
भन्टाले पेटसँग जोडिएका समस्या पनि अझै बढाउँछ । तपाईंलाई ग्यास, कब्जियत तथा अपच जस्तो समस्या छ भने पनि भन्टाको सेवन नगर्नुहोस् ।
तपाईंलाई शरीर दुख्ने वा कुनै प्रकारको बाथको समस्या छ भने पनि भन्टा नखानुहोस् । यसको सेवनले बाथको दुखाईलाई बढाउन सक्छ ।