१८ साउन, काठमाडौं । प्युठानमा एकै घरका ३ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।
गौमुखी गाउँपालिका-५ का ७१ वर्षीया लक्षमीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीय शिवकुमारी मल्लमा हैजा संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पताल प्युठानमा भएको परीक्षणमा ३ जनामा हैजा पुष्टि भएको हो ।
गौमुखीका ८ जना व्यक्तिमा झाडापखाला देखिएकोमा ३ जनालाई हैजाको संक्रमण देखिएको हो । हैजाको संक्रमण देखिएका ३ सहित ५ जनाको जिल्ला अस्पतालमा र अन्यको गौमुखीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।