धेरै मानिसको विचारमा पसिना आउनुको अर्थ शरीरको बोसो कम हुनु भन्ने छ । कसरत गर्दा वा हिँड्डुल गर्दा जति धेरै पसिना आयो त्यति नै धेरै बोसो कम हुन्छ भन्ने मान्यता धेरैमा छ । के यो कुरा साँचो हो वा यो कुरा कति सही छ भनेर आज हामी विशेषज्ञबाट जान्ने कोसिस गर्नेछौं ।
विशेषज्ञको भनाईअनुसार पसिना हाम्रो शरीरको तापक्रमलाई सन्तुलनमा राख्ने एउटा प्राकृतिक प्रक्रिया हो । जब तपाईंलाई धेरै गर्मी महसुस हुन्छ, त्यतिबेला पसिना आउँछ । पसिना सुक्दै जाँदा शरीर प्राकृतिक रुपमा चिसो हुन्छ ।
पसिना धेरै वा थोरै आउनु भनेको ग्रन्थीहरुमा निर्भर हुन्छ । यदी कोही मानिसमा पसिना आउने ग्रन्थी धेरै छन् भने उसलाई धेरै पसिना आउँछ । यसमा योगदान दिने अन्य कारणहरुमा तापक्रम, ह्यूमिडिटी, जेनेटिक्स, तौल, पानीको सेवन, लिंग, आयु र फिटनेस पनि रहेका छन् ।
पसिना र क्यालोरीका बीचमा कुनै पनि सिधा सम्बन्ध छैन । एउटा कुरा भने पसिना आउने क्रियाकलाप वा गतिविधिले धेरै हदसम्म यो कुरालाई निर्धारण गर्छ कि तपाईंले कति क्यालोरी बर्न गरिरहनु भएको छ । तर यसमा पसिना र तौल घट्नेका बीच कुनै पनि सिधा सम्बन्ध हुँदैन ।
पसिनामा पानी र केही महत्वपूर्ण तत्व सामेल हुन्छन् । यसमा सोडियम र क्लोराइड जस्ता इलेक्ट्रोलाइट्स हुन्छन् । साथमा पसिनामा पोटाशियम, म्याग्नेशियम र क्याल्सियम पनि हुन्छन् । यी सबै तत्वहरुको पूर्ति तपाईंले खानपानबाट गर्नुपर्ने हुन्छ ।
बोसो घटाउनका लागि गर्मीमा पसिना निकालेर हुँदैन बरु शारीरिक क्रियाकलाप गर्नुपर्ने हुन्छ । यस्तोमा तपाईंले खानपानको पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ ।धेरै पसिना आउँदा हाइपरहाइड्रोसिसको समस्या हुन सक्छ । यसमा हात, खुट्टा र टाउको बाहेक शरीरका अन्य भागमा पनि पसिना आउँछ । यसले मेटाबोलिक डिजीज, मधुमेह जस्ता समस्या हुन सक्छन् ।