वाइफाइको रिर्चाज सकिएको विषयमा विवाद हुँदा बारामा एक महिलाको हत्या भएको छ । बाराको निजगढ नगरपालिका–९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईलाई वाइफाइको रिर्चाज सकिएको विषयमा विवाद हुँदा खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्काश सापकोटाका अनुसार आमालाई बचाउन गएका दुई छोरीलाई समेत विमलकुमारले घाइते बनाएका छन् ।
आमालाई बचाउन गएकी उनकी जेठी छोरी १८ वर्षीया गंगा र १५ वर्षीया जमुना घाइते भएका हुन् । जेठी छोरी गंगाको अवस्था गम्भीर छ । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ । मंगलबार साँझ साढे ७ बजेतिर श्रीमान् विमलकुमार मादकपदार्थ सेवन गरी आएपछि वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद भएको थियो ।
चारदिनदेखि घरको वाइफाइमा रिचार्ज सकिएको थियो । श्रीमतीले रक्सी खान पैसा हुने, वाइफाइमा रिचार्ज गर्न नहुने भनेपछि सुरु भएको विवादका क्रममा विमलले जथाभावी खुर्पा प्रहारेका थिए ।