• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ २१, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २ हफ्ता अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ३ हफ्ता अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ३ हफ्ता अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    १ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    १ महिना अघि

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    १ महिना अघि

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    १ महिना अघि

    आइतबार सार्वजनिक बिदा

    १ महिना अघि

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    १ महिना अघि
FLASH NEWS
  • १आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • २आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ३आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ४आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • ५राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
  • ६कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ
  • ७बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्
  • ८आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ अषाढ २१, शनिबार
in
होमपेज / समाचार
  • २३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • आज साउन १५ खीर खाने दिन, यस्ताे छ साउन १५ काे धार्मिक र सांस्कृतिक महत्व

  • संदेश पत्र
  • २०८१ श्रावण १५, मंगलबार (११ महिना अघि)
  • फाईल तस्विर

    काभ्रे  । आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ ।

    साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन् ।

    साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो ।

    साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन भने छैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् ।

    चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिर समेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरेको छ ।

    नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवा लगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ । दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

    नेपालको खाद्य नियमावली अनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, चार दशमलव सात प्रतिशत ल्याक्टोज र तीन दशमलव पाँच प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ताजा समाचार
    १

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ३

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ४

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ५

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ६

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ७

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    ८

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ९

    आइतबार सार्वजनिक बिदा

    १०

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution