एजेन्सी । चीन र बेल्जियमका वैज्ञानिकहरूले एउटा अचम्मित पार्ने खोज गरेका छन् । सूर्यको सबैभन्दा नजिकको ग्रह बुधमाथि अनुसन्धान गर्ने क्रममा यस ग्रहको सतहमा करिब ९ माइल (१४ किलोमिटर) बाक्लो हिराको तह बनेको हुन सक्ने दाबी वैज्ञानिकहरूले गरेका छन् । यो अध्ययनको प्रतिवेदन नेचर कम्युनिकेसन जर्नलमा ‘बुधमा हिरै हिराको बाक्लो सतह’ भन्ने शीर्षकमा छापिएको थियो ।
कार्बन–स्याचुरेटेड म्याग्मा महासागरमा क्रिस्टलाइजेशन भएर हिरा बनेको हुनसक्ने वैज्ञानिकहरूको अनुमान छ । तर ग्रह चिसो भएपछि हीरा ग्रेफाइट बन्यो । ग्रेफाइट र हिरा दुवै कार्बनका आइसोमर हुन् । ग्रेफाइटमा कार्बन परमाणुहरू षट्कोणीय सञ्जालमा एकअर्कासँग जोडिएका हुन्छन् ।
हिरामा भने कार्बन परमाणुहरू चर्तुकोणीय संरचनामा एकअर्कासँग जोडिएका हुन्छन् । बुधमा हीराको तह कसरी बन्यो भन्ने बुझ्न वैज्ञानिकहरूले उच्च दबाब, तापक्रम र थर्मोडायनामिक मोडेलिङ प्रयोग गरेर ग्रहको भित्री हिस्साको अवस्था पुनः सिर्जना गरेका थिए ।
यस प्रक्रियाले उनीहरूलाई सन्तुलन चरणमा खनिजको अध्ययन गर्न मद्दत मिल्यो । बुधको आइरन ओरमा सल्फरको उपस्थितिले क्रिस्टलाइजेशन प्रक्रियालाई सहज बन्यो । यसका कारण कोर मेन्टलको सीमामा हिरा बन्यो । हिराको तहका कारण ग्रहको तापक्रम उच्च रह्यो।
यसका कारण चापीय चालकता र चुम्बकीय निर्माणलाई असर गर्यो । यो तहले कोरबाट मेंटलसम्म तातो ट्रान्सफर गर्नमा मद्दत गर्छ । बुध ग्रहमा देखिएको प्रक्रिया अन्य ग्रहमा पनि भेटिन सक्ने र त्यहाँ पनि यस्तै खालको हिराको पत्र पाउन सकिने अध्ययनको निष्कर्ष छ ।