• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / राजनीति
  • ४९१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कांग्रेसभित्र कसले कति मन्त्रालय लिने ?

  • संदेश पत्र
  • २०८१ अषाढ ३२, सोमबार (९ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौं : नयाँ सरकार बन्दै गर्दा कांग्रेसको भागमा परेका मन्त्रालयमा पनि कांग्रेसभित्रकै कुन गुटले कति मन्त्रालय लिने भन्ने विषयमा छलफल सुरु भएको छ। कांग्रेसको शेखर–गगन समूहले कम्तीमा चार मन्त्रीको माग गर्ने भएको छ। आइतबार डा. शेखर कोइरालाको सचिवालयमा भएको गुटको छलफलमा कांग्रेसले पाउने कुलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने दाबी नेताहरूको छ।

    एमालेसँग मिलेर सरकार गठन गर्दा कांग्रेसको भागमा १० मन्त्रालय पाउने भनिएको छ। तर, अरु साना दल मिल्न आएको बेलामा भने त्यसमध्ये इतर समूहले ४ वटा मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी राखेका छन्। इतर समूहका नेता अर्जुननरसिंह केसीले भने, ‘कांग्रेसले १० मन्त्रालय पाउने स्थिति बन्यो भने इतर समूहले ४ पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट मत छ।’ इतर समूहबाट अहिलेसम्म तय भएका नेताहरूमध्ये पार्टीका सहमहामन्त्री जीवन परियार, चन्द्र भण्डारीको नाम तय भइसकेको छ भने अर्की सांसद प्रतिमा गौतमको नाम पनि दाबेदारको रूपमा गइसकेको शेखर सचिवालयले जानकारी दियो।

    उता संस्थापन समूहले भने इतर समूहले ४ वटा मन्त्रालय दाबी गरे पनि अन्ततः २ मन्त्रालय मात्र दिने तयारीमा देउवा छन्। किनभने अहिलेको सरकारमा अन्य साना दलहरू पनि समावेश हुँदै गर्दा कांग्रेसको भागमा ८ मन्त्रालय मात्र हुने देखिन्छ।

    कांग्रेसको कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार यसपटक कांग्रेसको मुख्य ध्यान समावेशिता, भूगोल र योगदान आधारलाई सभापति देउवाले मापदण्ड बनाएका छन्। कांग्रेसमा संस्थापनबाट रमेश लेखक, प्रकाशमान सिंह, र आरजु राणा देउवा मन्त्री बन्ने पक्काजस्तै भइसकेको छ। कांग्रेसका देउवा निकट नेताका अनुसार अहिले जनताको विश्वास जित्नेगरी काम गर्ने बेला हो। यो अवस्थामा दुई ठूला पार्टी एकै ठाउँमा उभिएर देशलाई निकासतर्फ मोड्नु नै ठूलो कुरा भएकोले परिणाम निकाल्नेगरी काम गर्नुपर्ने चुनौती रहेको ती नेताए बताए।

    शेखर समूहले बोलाएको छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार सहभागी थिए। त्यस्तै, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, दीलेन्द्र बडू, डा. मीनेन्द्र रिजाल र चन्द्र भण्डारीहरू सहभागी भएका थिए।

    कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी ओली आइतबारै प्रधानमन्त्रीमा नियुक्त भएका छन्। सोमबार ११ बजे प्रधानमन्त्रीले शपथग्रहण गर्ने कार्यक्रम छ।

    कांग्रेसबाट को–को छन् मन्त्रीका आकांक्षी

    कांग्रेसमा कोशीबाट दीपक खड्का र रामहरि खतिवडा मन्त्रीका मुख्य दाबेदार छन्। मधेसबाट अजयकुमार चौरसिया र तेजुलाल चौधरी दाबेदार छन्।

    बागमती प्रदेशबाट युवा नेता प्रदीप पौडेल, उदयशमशेर राणा, रामनाथ अधिकारी, श्याम घिमिरे गण्डकीबाट जीवन परियार र शंकर भण्डारीको दाबेदारी छ।

    बद्री पाण्डे, डा. आरजु देउवा राणा, कान्तिका सेजुवाल, ईश्वरी न्यौपाने र किशोरसिंह राठोर पनि मन्त्रीका दाबेदार हुन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    धनगढीका मेयर हमाल दिल्लीको म्याक्स अस्पताल भर्ना

    उपसभामुखलाई हटाउने चर्चापछि रास्वपा आन्तरिक छलफलमा,के हुन्छ इन्दिरा राना मगर उपसभामुख पद ?

    माओवादी सुदूरपश्चिमको प्रमुख सचेतक बनिन् माल

    प्रधानमन्त्री ओलीले आज शपथ लिँदै

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution