• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • जीवनशैली
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २, शुक्रबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज–२५ साउन २०८२ आइतवारको राशिफल

    ५ महिना अघि

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ५ महिना अघि

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ६ महिना अघि

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ६ महिना अघि

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ७ महिना अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७ महिना अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ७ महिना अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ७ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ७ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ७ महिना अघि
FLASH NEWS
  • १आज–२५ साउन २०८२ आइतवारको राशिफल
  • २आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • ३आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल
  • ४आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
  • ५आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • ६आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ७आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ८आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • जीवनशैली
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ माघ २, शुक्रबार
in
होमपेज / राजनीति
  • ८०६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • कांग्रेसभित्र कसले कति मन्त्रालय लिने ?

  • संदेश पत्र
  • २०८१ अषाढ ३१, सोमबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौं : नयाँ सरकार बन्दै गर्दा कांग्रेसको भागमा परेका मन्त्रालयमा पनि कांग्रेसभित्रकै कुन गुटले कति मन्त्रालय लिने भन्ने विषयमा छलफल सुरु भएको छ। कांग्रेसको शेखर–गगन समूहले कम्तीमा चार मन्त्रीको माग गर्ने भएको छ। आइतबार डा. शेखर कोइरालाको सचिवालयमा भएको गुटको छलफलमा कांग्रेसले पाउने कुलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने दाबी नेताहरूको छ।

    एमालेसँग मिलेर सरकार गठन गर्दा कांग्रेसको भागमा १० मन्त्रालय पाउने भनिएको छ। तर, अरु साना दल मिल्न आएको बेलामा भने त्यसमध्ये इतर समूहले ४ वटा मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी राखेका छन्। इतर समूहका नेता अर्जुननरसिंह केसीले भने, ‘कांग्रेसले १० मन्त्रालय पाउने स्थिति बन्यो भने इतर समूहले ४ पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट मत छ।’ इतर समूहबाट अहिलेसम्म तय भएका नेताहरूमध्ये पार्टीका सहमहामन्त्री जीवन परियार, चन्द्र भण्डारीको नाम तय भइसकेको छ भने अर्की सांसद प्रतिमा गौतमको नाम पनि दाबेदारको रूपमा गइसकेको शेखर सचिवालयले जानकारी दियो।

    उता संस्थापन समूहले भने इतर समूहले ४ वटा मन्त्रालय दाबी गरे पनि अन्ततः २ मन्त्रालय मात्र दिने तयारीमा देउवा छन्। किनभने अहिलेको सरकारमा अन्य साना दलहरू पनि समावेश हुँदै गर्दा कांग्रेसको भागमा ८ मन्त्रालय मात्र हुने देखिन्छ।

    कांग्रेसको कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार यसपटक कांग्रेसको मुख्य ध्यान समावेशिता, भूगोल र योगदान आधारलाई सभापति देउवाले मापदण्ड बनाएका छन्। कांग्रेसमा संस्थापनबाट रमेश लेखक, प्रकाशमान सिंह, र आरजु राणा देउवा मन्त्री बन्ने पक्काजस्तै भइसकेको छ। कांग्रेसका देउवा निकट नेताका अनुसार अहिले जनताको विश्वास जित्नेगरी काम गर्ने बेला हो। यो अवस्थामा दुई ठूला पार्टी एकै ठाउँमा उभिएर देशलाई निकासतर्फ मोड्नु नै ठूलो कुरा भएकोले परिणाम निकाल्नेगरी काम गर्नुपर्ने चुनौती रहेको ती नेताए बताए।

    शेखर समूहले बोलाएको छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार सहभागी थिए। त्यस्तै, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, दीलेन्द्र बडू, डा. मीनेन्द्र रिजाल र चन्द्र भण्डारीहरू सहभागी भएका थिए।

    कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी ओली आइतबारै प्रधानमन्त्रीमा नियुक्त भएका छन्। सोमबार ११ बजे प्रधानमन्त्रीले शपथग्रहण गर्ने कार्यक्रम छ।

    कांग्रेसबाट को–को छन् मन्त्रीका आकांक्षी

    कांग्रेसमा कोशीबाट दीपक खड्का र रामहरि खतिवडा मन्त्रीका मुख्य दाबेदार छन्। मधेसबाट अजयकुमार चौरसिया र तेजुलाल चौधरी दाबेदार छन्।

    बागमती प्रदेशबाट युवा नेता प्रदीप पौडेल, उदयशमशेर राणा, रामनाथ अधिकारी, श्याम घिमिरे गण्डकीबाट जीवन परियार र शंकर भण्डारीको दाबेदारी छ।

    बद्री पाण्डे, डा. आरजु देउवा राणा, कान्तिका सेजुवाल, ईश्वरी न्यौपाने र किशोरसिंह राठोर पनि मन्त्रीका दाबेदार हुन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आरोप प्रमाणित भए पदबाट मात्र होइन राजनीतिबाट राजीनामा दिन्छु: गृहमन्त्री

    थुनामुक्त भएपछि रविन्द्र भन्छन् – ‘म खुशी छैन’

    धनगढीका मेयर हमाल दिल्लीको म्याक्स अस्पताल भर्ना

    उपसभामुखलाई हटाउने चर्चापछि रास्वपा आन्तरिक छलफलमा,के हुन्छ इन्दिरा राना मगर उपसभामुख पद ?

    ताजा समाचार
    १

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    २

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ३

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ४

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ९

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १०

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution