• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ १६, सोमबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २ हफ्ता अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    २ हफ्ता अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    २ हफ्ता अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ३ हफ्ता अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ४ हफ्ता अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ४ हफ्ता अघि

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    ४ हफ्ता अघि

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ४ हफ्ता अघि

    आइतबार सार्वजनिक बिदा

    ४ हफ्ता अघि

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    ४ हफ्ता अघि
FLASH NEWS
  • १आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • २आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ३आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ४आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • ५राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
  • ६कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ
  • ७बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्
  • ८आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ अषाढ १६, सोमबार
in
होमपेज / समाचार
  • २६६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • पाँचखालमा अमेरिकी सेना र नेपाली सेना आमने सामने भएपछि…

  • संदेश पत्र
  • २०८० फागुन १७, बिहिबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ । शान्ति सेनामा सहभागी हुने फौजको पेसागत दक्षता अभिवृत्ति गर्न काभ्रेपलान्चोकको पाँचखालमा विभिन्न अमेरिका, अष्ट्रेलियासहित १८ देशहरूका सेना सम्मिलित अभ्यास तालिम भइरहेको छ । फागुन ८ गते सैनिक मुख्यालय भद्रकालीबाट उद्घाटन भएको तालिम कार्यक्रम पाँचखालमा जारी छ ।तालिममा अमेरिका, अष्ट्रेलिया, पाकिस्तान, बङ्गलादेश, फिजी, घाना, मलेसिया, इण्डोनेसिया, मङ्गोलिया, थाइल्याण्ड, उरुग्वे, दक्षिण कोरिया, श्रीलङ्का, भियतनाम, क्यानडा, फिलिपिन्स, नाइजेरिया लगायतका १८ वटा देशहरूका सैनिक सहभागी रहेका छन् ।

    तालिम फागुन २१ गते पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा सम्पन्न हुने केन्द्रका महासेनानी सञ्जित श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार शान्ति सेनामा निकट भविष्यमा जाने सेनाहरूलाई मध्यनजर गरी तालिम गरिएको हो । उनले । १४ दिनको तालिममा १० वटा सैनिक टुकडीहरू विदेशका र दुई वटा नेपाली गरी १२ वटा सैनिक टुकडी रहेको बताए ।नेपालको तर्फबाट भने निकट भविष्यमा शान्ति सेनामा समावेश हुने टुकडीलाई नै समावेश गरेको बताए ।

    एसियाका पाँच वटा देशमा हरेक वर्ष यस किसिमका तालिम हुने गरेको उनले बताए । जसमध्ये नेपाल, बङ्गलादेश, इण्डोनेसिया, मलेसिया र मङ्गोलिया रहेका छन् । शान्ति सेनामा रहँदा भएका केही कमी कमजोरीलाई तालिमले निखार्ने बताए । शान्ति सेनामा विभिन्न देशमा जानुपर्ने र त्यहाँ समन्वयको अभाव हुने भएकाले यो तालिम विशेष गरी सहकार्य र समन्वयका लागि आवश्यक रहेको पनि बताए ।

    उनले भने ‘वीरेन्द्र शान्ति तालिम केन्द्र हाम्रो विदेशमा शान्ति कार्यका लागि जानु भन्दाअघि यहाँ हामीले १४ हप्ताको तालिम गरेर पठाउँछौँ । एक्सरसाइज पनि त्यही शान्ति कार्यसँग सम्बन्धित छ । विदेशमा हाम्रो गणहरू जाने साथसाथै स्टाफ अफिसर, मिलिट्री अब्जबर, त्यो स्टाटसमा पनि जानुहुन्छ । हाम्रो यो एक्सरसाइजको उद्देश्य हामी मात्रै नभएर अरु विभिन्न देशहरूको शान्ति सैनिकहरू हुनुहुन्छ । जो विभिन्न शान्ति मिसनमा गइरहनुभएको छ, त्यो सबैलाई समेटेर गरिएको छ । यसमा अहिले नेपालसहित १८ वटा देशहरू छन् । १८ देशलाई समावेश गरेर यो तालिम सञ्चालन भइरहेको छ ।’

    उनले भने, ‘सिरिया, पाकिस्तान, बङ्गलादेश र नेपाल चार देश छौँ । आशियानतर्फ इण्डोनेसिया, मङ्गोलिया, भियतनाम, थाइल्याण्ड र फिलिपिन्स छन् । अरु एसियनमा मङ्गोलिया र दक्षिण कोरिया रहेको छ । उत्तर अमेरिकाबाट अमेरिका र क्यानडा छ । अस्ट्रेलिया र फिजी पनि रहेका छन् । यो तालिम ८ गतेदेखि सुरु भएको हो । २१ गते सम्पन्न हुन्छ । १४ दिनको तालिममा १० वटा सैनिक टुकडीहरू विदेशबाट आएको छ । हाम्रो देशको दुई वटासहित १२ वटा छ ।’

    अभ्यास तालिमका क्रममा प्रमुख सेनानी सुरज बस्न्यातले शान्ति कार्यको दौरानमा शान्ति सैनिकहरूले दैनिक गर्नुपर्ने मुख्य कामलाई निखार्न तालिम सञ्चालन गरिएको बताए । उनले कन्ट्रोलिङको कारबाही, चेक प्वाइन्टको कारबाही, घेरा गर्ने, मानिसहरूको सुरक्षा, नयाँ थपिएको काम सैनिकहरू कुनै ठाउँमा अड्कियो भने उनीहरूलाई ल्याउनुपर्ने कार्यहरू लगायतका कुराहरू तालिममा सिकाइएको बताए । तालिममा संयुक्त राष्ट्र महासंघका परिवर्तित व्यवस्थाबारेमा पनि शान्ति सेनालाई जानकारी गराइएको बताए । शान्ति स्थापनाका दौरान विभिन्न देशमा जाँदा समन्वयको अभाव हुने र त्यसको समाधानका लागि तालिम सञ्चालन गरिएको पनि बताए ।

    उनले भने, ‘शान्ति कार्यको दौरानमा शान्ति सैनिकहरूले गर्नुपर्ने दैनिक हुने मुख्य अप्रेसनहरू सिकाइएको हो । कन्ट्रोलिङको कारबाही, चेक प्वाइन्टको कारबाही, घेरा गर्ने, मानिसहरूको सुरक्षा, नयाँ थपिएको काम सैनिकहरू कुनै ठाउँमा अड्कियो भने उनीहरूलाई ल्याउनुपर्ने कार्यहरू त्यो कार्यहरूलाई समावेश गरी यो फिल्ड ट्रेनिङ गरिएको हो । नेपालसहित ११ वटा देशका १२ वटा समूहलाई तालिम गराइरहेका छौँ । युएनसँग सम्बन्धित बद्लिँदो के कुरा भइरहेको छ, त्यसबारेमा शान्ति सेनालाई जानकारी गराउने, त्यो बारेमा अभ्यास गराउने हो । शान्ति सेनाको दौरान विभिन्न देशमा जाँदा समन्वयको अभाव हुने र त्यसलाई समाधानका लागि यो तालिम गरिएको छ ।’

    अभ्यासमा १,१६२ जना सैनिक सहभागी रहेको बताइएको छ । २८ जना सैन्य अधिकृतहरूले विभिन्न विषयमा तालिम दिइरहेका छन् । युद्ध भइरहेको देशमा पट्रोलिङ र कर्डन एण्ड सर्च अपरेसन कसरी गर्ने भन्नेसहित ३ वटा मुख्य विधामा तालिम भइरहेको छ । राष्ट्रसङ्घको सामान ढुवानी गर्दा कसरी स्कर्टिङ गर्ने र मिसन इलाकामा शङ्कास्पद विस्फोटक पदार्थ भेटिए कसरी डिस्पोज गर्ने भन्नेबारेमा तालिम केन्द्रमा तालिम गराइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ताजा समाचार
    १

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ३

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ४

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ५

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ६

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ७

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    ८

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ९

    आइतबार सार्वजनिक बिदा

    १०

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution