पूर्वराजा ज्ञानेन्द्र शाहले अनुहार फेरिफेरि षड्यन्त्र नगर्न चेतावनी दिनुभएको छ । बिहीवार भैरहवामा आयोजित नागरिक अभिनन्दनका क्रममा उहाँले शिर्ष नेताहरुप्रति इंगित गर्दै अनुहार फेरि फेरि षड्यन्त्र नगर्न चेतावनी दिनुभएको हो ।
उहाँले अब अन्याय, अत्याचार मुक्त गर्नुपर्ने र षड्यन्त्र गर्नेहरुको चालबाट आफूलाई बचाउनुपर्ने बेला भएको बताउनु भयो । उहाँले देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नुपर्ने जरुरी रहेको बताउनु भयो । उहाँले वीरता, पराक्रम, पौरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको नेपाल आज सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने, अपमानित जस्तो बन्दै गएको अनुभुति भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्छ । वीरता, पराक्रम, पौरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको हाम्रो गौरवाशाली देश अहिले सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने, अपमानित जस्तो बन्दै गएको स्वाभिमानी जनताले अनुभुति गरेका छन् । हामी झनै परनिर्भर, परावलम्वी बन्दै गइरहेका छाँै । सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचिरहेका छाँै । हामी अब एकै ठाउँमा उभौँ । घृणाले घृणाको आगोलाई कतै जलाइदिऔँ । पहिले यो आगोलाई मिलेर निभाइदिऔँ । भाग्यको सीमा हुँदैन, हुनु पनि हुँदैन । अब भाँचिएको टुक्राहरु जोडिदिऔँ । उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने ? अब अन्याय, अत्याचार मुक्त गरिदिऔँ । अनुहार फेरि फेरि षड्यन्त्र नगर । त्यस्ताको चालबाट चालबाट आफूलाई बचाऔँ ।’
पूर्वराजा शाहले सदाचारी राजनीतिको युग बितिसकेकाले अब फेरि सबै एक हुन जरुरी रहेको बताउनु भयो ।