काभ्रे / पाँचखाल १२ को वडा अध्यक्ष ज्ञान बहादुर दनुवार सहित १२,१५ जना समूहले संदेशपत्र डटका संचालक प्रेस प्रतिनिधि राज कुमार तामाङ माथि हातपात सहित ज्यान मर्ने चेतावानी दिएका छन् । करिब ७:३० बजेको समय थियो वडा न ७ स्थित प्लटिङ घर भएका नबिन पौडेलको घर आगाडी युवा साथी गाउलेहरुको हुल देखे र म पनि तेही गए ।
त्यहा पुग्दा माधक पदार्थ सेवन गरि हो हल्ला गरि अपशब्द प्रयोग गरि समाजमा नै नकारात्मक संदेश पुराई वडा अध्यक्ष ज्ञान बहादुर दनुवारको छोरा सहित करिब १५,२० जना युवाहरु थिए । म पुग्नु अगि नै त्यहाँ झगडा भैसकेको रहेछ । म त्यहाँ पुगी के भयो भनेर सोद्दै थिए यसै समयमा वडा अध्यक्ष छोरा नाम मनोज दनुवार म माथि अपशब्द प्रयोग गरि को होस् त यहाँको डन भन्दै हातपात गर्न थाले । मैले के भयो भाई किन मा माथि आइलाग्यो भन्दा “त यहाँको डन भन्दै हातपात गर्न थाले” ।
म होइन भनि म साईटको पसल छेउमा बस्दै थिए । म साइटमा बसी हेर्दै बसे मनोजले उसका अरु साथीहरुलाई मलाई देखाउदै यसलाई कुट्नु पर्यो भन्दै मलाई देखाउदै गए । म संग कुनै रिसिभी पनि थिएन । किन मै माथि आइलाग्यो ? बुवा वडा अध्यक्ष भएकै कारण पावरको घमण्डले हो कि ? खुब घमण्ड रहेछ मनोजलाई पहिला नै झगडा गरि रगत्म्य अवस्थामा रहेको मनोज अरु गाउले साथीहरुले गाडीमा राख्दै मेडिकल जाउ भन्दा जना मानेनन् ।
मलाई देखाउदै भन्दै थियो पख मेरो बुवा आउछ अनि म देखाछु तलाई भन्दै बसे । बुवा वडा अध्यक्ष ज्ञान बहादुर दनुवार आउन साथ सत्य तथ्य के हो भनि नबुझी मदिराले मातेर बसेको छोराको कुरा सुनेर म माथि ज्यान मर्ने उदेश्यले सांगीतिक हमला गरे । वडा अध्यक्ष जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले एक सर्बसाधारण वा देशकै चौथो अङ्ग मानिने पत्रकार माथि हातपात गर्न पाउने हो ? यो कहाँको नियम कानुन हो वडा अध्यक्ष ज्यु ? अध्यक्ष ज्यु पहिला पनि जुवातास रकम लेनदेन काण्डमा मुछिएका थिए । कारबाही केही हुदैन अध्यक्ष ज्युलाई कि पाटीको समर्थन हो ? साथै आर. के संदेश मिडिया प्रा.लि. र म आफै पत्रकारको हैसतले आफै पिडित भएको कारण सत्य तथ्य छानबिन गर्ने वडाबसी नगरबासी र जिल्ला प्रहरी प्रशासन लाई अनुरोध गर्दछु । यो समाचार कै आधारमा पनि म माथि कुनै किसिमको आक्रमण हुन सक्छ यसको जिम्मेवारी को ?
यो हेर्नुहोस सी.सी.टि.भी क्यामेरा फुटेज जहाँ वडा अध्यक्ष ज्ञान बहादुर दनुवार सहितले हातपात गरेका छन् :-