• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • जीवनशैली
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ माघ २७, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज–२५ साउन २०८२ आइतवारको राशिफल

    ६ महिना अघि

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ६ महिना अघि

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ७ महिना अघि

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ७ महिना अघि

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ८ महिना अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ८ महिना अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८ महिना अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ८ महिना अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ८ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ८ महिना अघि
FLASH NEWS
  • १आज–२५ साउन २०८२ आइतवारको राशिफल
  • २आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल
  • ३आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल
  • ४आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
  • ५आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • ६आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ७आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ८आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • जीवनशैली
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ माघ २७, मंगलबार
in
होमपेज / अन्तर्राष्ट्रिय
  • ९३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • बैदेशिक रोजगारीको नाममा दुबईमा बेचिन बात्या एक नेपाली चेलीको कथा ‘अनुहार हेरेर बिक्रीमा राखिन्छन्, नेपाली महिला’

  • संदेश पत्र
  • २०८० भाद्र १०, आईतबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ । रामेछापकी २९ वर्षीया अस्मिता तामाङ (नाम परिवर्तन) को तीन वर्ष अगाडि श्रीमानको मृत्यु भयो । सवारी दुर्घटनामा परेर श्रीमानको मृत्यु भएपछि दुई छोराछोरी, सासु, ससुरासहित घर परिवारको जिम्मेवारी उनको काँधमा आयो । सामान्य लेखपढ गरेकी उनलाई आम्दानीको स्रोत केही थिएन । गाउँघरमा मजदुरी गरेर दिनचर्या चलाउँदै गरेकी उनको पीडा र दुःख देखेर गाउँकै एक जना दाइले विदेश जान सुझाए ।

    विदेश त जाने तर, कहाँ जाने ? कति पैसा लाग्छ ? के कामका लागि जाने ? जस्ता प्रश्नहरूको उत्तर उनीसँग थिएन । ती सबै प्रश्नको उत्तर तिनै दाइले दिए । उनलाई भिजिट भिसामार्फत दुबई जान सुझाए । दुबईबाट ओमान जाने र त्यहाँ घरायसी काममा लगाइदिने भनिएको थियो ।

    ‘मैले काठमाडौँ त देखेकी थिइनँ । विदेश त मेरोलागि चन्द्रमा जस्तै थियो । त्यही चिनेको दाइले अरू धेरैलाई विदेश पठाइसकेको भन्दै मलाई कुनै चिन्ता नगर्न भन्नुभयो । उहाँले जे जे भन्यो त्यही अनुसार गरेँ’, केही समय अगाडि रातोपाटीको सम्पर्कमा आएकी तामाङले भनिन् ।उनी काठमाडौँ आइन् । पासपोर्ट, भिसा लगायतका प्रक्रियाका लागि ७० हजार रुपैयाँ सकियो । त्यही दाइले उनलाई थप १ लाख रुपैयाँ खर्च लाग्ने भने । उनले गाउँघरमा २ लाख रुपैयाँ ऋण खोजिन् ।

    १५ दिनमा उनको सबै कागजात तयार भयो । १६ औँ दिनमा उनलाई बेलुका ७ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्न भनियो । उनी सोही अनुसार विमानस्थल पुगिन् । विमानस्थलमा अध्यागमनका कर्मचारीले कुन देश जान लागेको ? के गर्न जान लागेको ? जस्ता प्रश्न गरे ।उनले त्यही दाइले सिकाएअनुसार घुम्नका लागि दुबई जान लागेको भनिन् । अध्यागमनले उनलाई प्रस्थान अनुमति दियो र उनी दुबईतिर लागिन् ।दुबई पुग्दासम्म उनी पूरै अनभिज्ञ थिइन् । उनीसँगै १० जना अन्य महिला थिए । सबैलाई दुबईको एक ठुलो बिल्डिङमा राखियो । २/३ दिन खानापानी सबै व्यवस्था थियो ।

    तामाङका अनुसार त्यहाँ बसेको चौथो दिन ५ जना विदेशी आए । त्यहाँ एक जना नेपाली पनि थिए । नेपालीले सबैलाई देखाउँदै उनीहरूलाई के के भनिरहेका थिए । र उनीहरू एकएक गर्दै नाम टिपिरहेका थिए । अनुहार राम्रो भएका युवतीहरूलाई सुरुमा लगे ।तिनीहरूले सबै युवतीलाई लगे । र, त्यहाँबाट ओमान पुर्‍याए । ओमानमा एक घरमा काम गर्नुपर्ने थियो । ‘ओमान पुग्दासम्म केही थाहा भएन । त्यहाँ दिनभर घर सफा गर्ने, कपडा धुने, खाना बनाउने लगायतको काम गर्नुपर्थ्यो । तीन महिनापछि अलिअलि भाषा बुझ्न थालेँ । त्यसपछि आफूले काम गर्ने घरकै मान्छेले भनेपछि थाहा भयो, मलाई त दुबईमै ५ हजार दिनार ( एक दिनार बराबर करीब ३६ रपैयाँ हुन्छ ) मा किनेर ओमान ल्याएको रहेछ,’ तामाङले भनिन् ।

    उनलाई महिनाको ७० ओमानी रियल दिन्थे । खान–बस्न पनि राम्रै थियो । काम गर्दै जाँदा अलि पछि उनलाई गाह्रो काममा लगाउन थालियो । उनी काम गर्न नसक्ने अवस्थामा पुगिन् । तर पनि काममा पेलाउन छोडेनन् ।‘नेपालमा भएको दाइ (एजेन्ट) ले कतिपयलाई त तिमीहरूसँग पैसा छैन भने म हालिदिन्छु, उता गएर कमाएपछि तिरौला नि भन्थे । उता लगेर बेच्ने रहेछ, अनि किन नभनोस् त !’
    ‘दिनभर काम गर्दागर्दै ढाड दुख्ने समस्या भयो । पछि त एक छिन पनि उठ्न नसक्ने भएँ । त्यसपछि घरबेटीले अब यता राख्न नसक्ने बतायो,’ उनले भनिन् ।

    उनीसँगैका अन्य साथी कोही ओमान पुगेका थिए भने कोही बहराइन, कोही कुवेत पुगेका थिए । केही दुबईमै काम गर्दै आएका थिए । यद्यपि उनीहरूलाई पनि आफ्ना साहुले ‘तिमीहरूलाई पैसा तिरेर घरेलु कामका लागि ल्याएको’ भनेर केही समयपछि नै जानकारी दिएका थिए ।म्याग्दीकी जानकी सुनुवार (नाम परिवर्तन)ले दुई वर्ष कुवेतमा घरेलु कामदारको रूपमा काम गरिन् । उनी दुबईसम्म भिजिट भिसामा गएकी थिइन् । दुबई पुग्दा उनीसँगै १५ जना नेपाली महिलाको समूह थियो । उनीहरूलाई पनि मोलमोलाइ गरेर साहुले किनेरै घरेलु कामदारको रूपमा दुबईबाट लगेका थिए ।

    ‘नेपालमा भएको दाइ (एजेन्ट) ले कतिपयलाई त तिमीहरूसँग पैसा छैन भने म हालिदिन्छु, उता गएर कमाएपछि तिरौला नि भन्थे । उता लगेर बेच्ने रहेछ, अनि किन नभनोस् त !’ जानकीले भनिन् ।यसरी दिनहुँ कयौँ युवती तथा महिलाहरूको मोलमोलाइ गर्दै विदेशीहरूले घरेलु कामदारको रूपमा लैजाने गरेका छन् । वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोले पनि महिलाहरूको अनुहार हेरेर मूल्य तोकिने गरेको बताउँछन् ।

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले नेपालबाट भिजिट भिसामा दुबई जाने र उताबाट घरेलु कामदारको रूपमा पठाउने गरेको बताए ।
    ‘नेपालबाट दुबईमा भिजिट भिसामा लैजान्छन् । त्यहाँ नेपाली दलालहरूले कामदार चाहिनेसँग अनुहार हेरेर ४ हजारदेखि १२ हजारसम्म पैसा लिन्छन्,’ गोलेले भने, ‘राम्रो अनुहार भयो भने १२ हजार दिनारसम्म दिन्छन् । नत्र सामान्यलाई ४ हजारसम्म तिरेर घरेलु कामदारको रूपमा लैजान्छन् ।’

    भिजिट भिसामा दुबई पुगेका १४ जना महिला बन्धक अवस्थामा रहेको उनको भनाइ छ । ‘उनीहरूको पनि त्यहाँ मोलमोलाइ भइरहेको छ । उनीहरूले त्यहाँबाट अर्को ठाउँ जान नमानेपछि दुई महिनादेखि बन्धक बनाएर राखेका छन् । उनीहरूको उद्धारका लागि हामीले पहल गरिरहेका छौँ,’ उनले भने ।

    गाउँदेखि सहर र सहरदेखि विदेशसम्म नेपाली एजेन्टहरू रहेको र उनीहरूकै सक्रियतामा युवतीहरूलाई दुबई लगेर मोलमोलाइ गरी बेच्ने गरिएको गोलेको भनाइ छ ।नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले नेपालबाट भिजिट भिसामा दुबई जाने र उताबाट घरेलु कामदारको रूपमा पठाउने गरेको बताए ।

    ‘महिलाहरूलाई सिधै घरेलु कामदारको रूपमा लैजान पाइँदैन । अनि भिजिट भिसामा लैजान्छन् । दुबई पुर्‍याएर ओमान, बहराइन, कुवेत लगायतका मुलुकमा घरेलु कामदारको रूपमा पठाउँछन् । त्यसका लागि दलालहरूले मोटो रकम लिन्छन्,’ भण्डारीले भने ।उनीहरूलाई घरेलु कामदार चाहिने भएपछि भिजिट भिसालाई अन्य भिसामा सजिलै परिवर्तन गराउने गरेका छन् । ‘आफ्नो घरमा नेपाली महिला कामदार राख्नका लागि उनीहरूले दलाललाई जति पैसा पनि तिर्न तयार हुने रहेछन्,’ भण्डारीले भने, ‘त्यही आधारमा अनुहार हेरेर मोलमोलाइ हुन्छ । र पैसा तिरेर घरेलु कामदारका लागि लैजान्छन् ।’

    संघले भिजिट भिसालाई रोक लगाउनुपर्ने माग राख्दै आएको छ । भिजिट भिसामार्फत जाने नेपालीहरूले विदेशमा गएर निकै दुःख पाउने गरेको भन्दै सरकारले समयमै रोक्न नसकेको खण्डमा भोलि ठुलो समस्या आउने भण्डारीले बताए ।
    सरकार घरेलु कामदारमाथिको प्रतिबन्ध फुकुवा गर्न तयार छ । तर, संसद्ले नै रोक लगाएकाले यससम्बन्धी कानुन संशोधन नगरी अगाडि बढ्न सकिने अवस्था छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले घरेलु कामदारमाथिको प्रतिबन्ध हटाउनुपर्ने पक्षमा रहेको बताए ।

    प्रतिबन्धपछि गैर कानुनी रूपमा जोखिम मोलेर नेपाली महिलाहरू विदेश जाने गरेको भन्दै यसलाई वैधानिक रूपमै लैजाने योजना रहेको उनले बताए । नेपालबाट घरेलु कामदारको रूपमा जान नपाउँदा भारतीय बाटो हुँदै अवैध रूपमा नेपालीहरू जाने गरेकोबारे सरकार जानकार रहेको उनको भनाइ छ ।केही दिन अगाडि आयोजित एक कार्यक्रममा मन्त्री भण्डारीले भनेका थिए, ‘हामी त कसैलाई जान दिने, कसैलाई रोक्नुपर्छ भन्ने पक्षमा छैनौँ । तर संसद्ले नै रोक लगाएको छ । यसलाई फुकुवा गर्न सकियो भने वैधानिक तवरबाट पठाउनुपर्छ भन्ने हो ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    २१ वर्षीय युवकको कोरोनाबाट मृत्यु

    महिलासँग डराएर ५५ वर्षसम्म गुप्तवास यस्तो अबस्थामा भेटियो

    ६.४ म्याग्नीच्युडको भूकम्पको धक्का, चार जना घाइते

    कोरियामा १८१ जना सवार विमान दुर्घटना

    ताजा समाचार
    १

    आज–२५ साउन २०८२ आइतवारको राशिफल

    २

    आज मिति २०८२ साल साउन १८ गते आइतबार, यस्तो छ तपाईको राशिफल

    ३

    आज मिति २०८२ साल असार २९ गते आइतबार,यस्तो छ तपाईको राशिफल

    ४

    आज असार २४ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

    ५

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    ६

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ७

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ८

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ९

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १०

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution