• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० आश्विन ११, बिहिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • सुन तस्करी छानविन आयोग गठन विवादमा

    २ दिन अघि

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    २ दिन अघि

    इमरान खानलाइ अर्काे जेलमा सारिने

    २ दिन अघि

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    २ दिन अघि

    सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?

    २ दिन अघि

    दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

    २ दिन अघि

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    २ दिन अघि

    साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

    २ दिन अघि

    आमा बनिन् बलिउड अभिनेत्री स्वरा भास्कर

    २ दिन अघि

    ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

    २ दिन अघि
FLASH NEWS
  • १सुन तस्करी छानविन आयोग गठन विवादमा
  • २बाबु छोराको एउटै चितामा अन्त्येष्टि
  • ३इमरान खानलाइ अर्काे जेलमा सारिने
  • ४काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना
  • ५सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?
  • ६दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट
  • ७घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु
  • ८साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८० आश्विन ११, बिहिबार
in
होमपेज / राजनीति
  • ८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • ललिता निवास जग्गा प्रकरणमा मुछिएका माधव नेपाल र बाबुराम भट्टराईले सीआईबीलाई दियो बयान भन्छन ” आफ्नो कर्तव्य निर्वाह गरेको छु”

  • संदेश पत्र
  • २०८० भाद्र ४, सोमबार (१ महिना अघि)
  • फाईल तस्विर

    काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा अनुसन्धान व्यूरो (सीआईबी) ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिएको छ । सीआईबीले अर्का पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग समेत बयान लिइसकेको छ । सीआईबीकी प्रमुख आईजी किरण बज्राचार्यले नेपालसँग पनि बयान लिइएको जानकारी दिइन् । सीआईबीले साउन २८ मा पूर्व मुख्य सचिव लीलामणि पौड्यालसँग बयान लिएको थियो। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौड्याल मुख्य सचिव थिए ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग बयान लिएको छ । सीआईबीको टोलीले पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईसँग आइतबार साँझ बयान लिएको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्य जानकारी दिएकी हुन् । यसअघि दुई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र माधव नेपालको बयान नै नलिई छानबिन प्रतिवेदन बुझाउने तयारी गरिएको थियो । सीआईबीको यस कदमको चौतर्फी आलोचना भएको थियो ।

    यता, नेसपाका नेता विश्वदीप पाण्डेले भने डा. भट्टराई आफैले एआईजी बज्राचार्यलाई निवासमा बोलाएर ललिता निवास प्रकरणबारे छलफल गरेको बताएका छन् । बज्राचार्यसहितको टोली आइतबार साँझ ५ बजे भट्टराई निवास पुगेको नेसपाका नेता पाण्डेले रातोपाटीलाई जानकारी दिए । ‘अध्यक्ष भट्टराईले ललिता निवास प्रकरणमा आफूलाई जानकारी भएको कुरा साझा गर्नुभएको छ । करिब ४५ मिनेट यस विषयमा छलफल भएको थियो,’ पाण्डेले भने ।

    यसबारे जानकारी दिँदै भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सत्य तथ्यको जानकारी मेरो सुरुदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी ) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु ! यो मुद्दा सफल टुङ्गोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु।’

    भट्टराईले ललिता निवास प्रकरणमा आफूले गैर कानुनी कार्य नगरेको र पुष्टि पनि गर्न नसक्ने बताउँदै आएका छन् । ‘मेरो लामो सार्वजनिक जीवनमा आजसम्म कुनै नैतिक दाग लागेको छैन र कसैले भ्रष्टाचारजन्य आरोप लगाउन सकेको छैन’, भट्टराईले भनेका थिए, ‘ललिता निवास प्रकरणमा पनि मेरो कुनै निजी वा पारिवारिक स्वार्थ जोडिएको र गैर कानुनी कार्य भएको कहीँ कतै कसैले आरोप लगाउन र पुष्टि गर्न सक्दैन।’

    सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषद्ले गरेको चार वटा निर्णयमा संलग्नहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश गरेको छ । साउन २१ मा न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले सो आदेश गरेपछि पूर्व प्रधानमन्त्री भट्टराई र नेपालमाथि पनि अनुसन्धान गर्ने बाटो खुलेको थियो ।मन्त्रिपरिषद्ले २०६६ चैत २९, २०६७ वैशाख ३१, २०६७ साउन २८ र २०६९ असोज १८ मा गरेको निर्णयलाई गलत व्याख्या गरेर जग्गा हिनामिना भएको थियो । सर्वोच्चले मन्त्रिपरिषद्को निर्णय तथा प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष संलग्न हुनेलाई अनुसन्धानको दायरामा ल्याउन आदेश गरेको थियो ।

    सीआईबीले साउन २८ मा पूर्व मुख्य सचिव लीलामणि पौड्यालसँग बयान लिएको थियो । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौड्याल मुख्य सचिव थिए । बालुवाटार प्रकरणमा ब्युरोले असार १२ मा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरुङ सहितलाई पक्राउ गरेको थियो । त्यसयता जग्गा हिनामिना प्रकरणमा १८ जना हिरासतमा छन् । पक्राउपछि अदालतको आदेशले ७ जना रिहा भएका छन् ।ललिता निवास जग्गा प्रकरणमा सीआईबीले ‘सङ्गठित सरकारी लिखत किर्ते’मुद्दामा अनुसन्धान सुरु गरेको ६० दिन अर्थात भदौ ८ भित्र जिल्ला सरकारी वकिल कार्यालयमार्फत ललिता निवासको मुद्दामा जिल्ला अदालतमा दर्ता गरिसक्नुपर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    सुन तस्करी छानविन आयोग गठन विवादमा

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    ताजा समाचार
    १

    सुन तस्करी छानविन आयोग गठन विवादमा

    २

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    ३

    इमरान खानलाइ अर्काे जेलमा सारिने

    ४

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    ५

    सशस्त्र प्रहरीकाे जागिर छाेडेका अमरेशकुमारकाे कसले गर्‍याे हत्या ?

    ६

    दसैंलाई प्रतिव्यक्ति साढे १८ हजारका नयाँ नोट

    ७

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    ८

    साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

    ९

    आमा बनिन् बलिउड अभिनेत्री स्वरा भास्कर

    १०

    ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

    समाचार
    थप

    सुन तस्करी छानविन आयोग गठन विवादमा

    बाबु छोराको एउटै चितामा अन्त्येष्टि

    काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

    घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution