• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / अपराध
  • ६४७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सुन तस्करी काण्डमा जोडिए माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा

  • संदेश पत्र
  • २०८० श्रावण ३, बुधबार (१ साल अघि)
  • फाईल तस्विर

    सुन तस्करी काण्डमा जोडिए माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा ,भेपमा लुकाएर ल्याएको सुनबारे राहुल महराले एयरपोर्टमा गरेका थिए सोधखोज, उनीहरुको कनेक्सनमा जोडिएका शंकास्पद चिनियाँ नागरिक को हुन् ? प्रहरीले पक्राउ गरेका ६ जना को को हुन् ?

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको इलेक्ट्रिक सिगरेट (भेप) साटेर सुन बेचबिखन गर्ने समूहका पाँच जना पुर्पक्षका लागि थुनामा पठाइएका छन्।

    सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

    यस प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको थियो।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा २७ वर्षीय रेवन्त खड्का, कागेश्वरी मनहरा-९ का ३२ वर्षीय दिनेश बस्नेत, काठमाडौं भोटेबहाल बस्ने वेदप्रकाश अग्रवाल, भारतीय नागरिक ३९ वर्षीय साहेब राव पाण्डुरङ मरग, काठमाडौंको शान्तिनगर बस्ने ३२ वर्षीय अमृत कार्की र पोखरा गैह्रीटापाटन बस्ने २२ वर्षीय निर्मलकुमार विक पक्राउ परेका छन्।

    अमृत कार्कीलाई अदालतले साधारण तारेखमा रिहा गरेको छ। बाँकीलाई पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको छ।

    यस प्रकरणमा जोडिएका तीन जना भने फरार छन्। सिन्धुपाल्चोक घर भई कागेश्वर मनोहरा-९ बस्ने २९ वर्षीय दिपेश बस्नेत, ४२ वर्षीय गोपाल सुवेदी र काभ्रेको बनेपा-१० घर भई थापागाउँ बस्ने ५५ वर्षीय रामकेशव थापा फरार छन्।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यो घटनाको अनुसन्धान गरेको हो। आपराधिक विश्वासघात गर्न नहुने र संगठित अपराधसम्बन्धी कसुरमा ब्युरोले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा मुद्दा बुझाएको थियो।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरले यो घटनाको अनुसन्धान गर्न गत वैशाख २६ गते ब्युरोलाई पत्र लेखेको थियो।

    भएको के थियो?

    २०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले लगेजमा ठूलो संख्यामा भेप (विद्युतीय चुरोट) भेटियो। एक्सरे गर्दा भेप देखिएपछि भन्सारका कर्मचारीले व्यापारिक मालवस्तु हुन सक्ने र भन्सार राजश्व असुल गर्नुपर्ने भनेर रोकेका थिए।

    चिनियाँ नागरिकको लगेजमा ७३ बट्टामा ७३० गोटा भेप थिए। ठूलो परिणाममा भेप ल्याएको देखेपछि प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले कर्मचारीलाई जफत गर्न आदेश दिए।

    श्रेष्ठले प्रहरीसँग गराएको कागजमा लगेजमा ठूलो परिणाममा भेप आएको जानकारी पाएपछि एउटा भेप चिनियाँ नागरिक हानसङलाई दिएर बाँकी भेप जफत गरिएको बताएका छन्।

    व्यापारिक ‍प्रयोजनका लागि ल्याएका मालवस्तु यात्रु शाखाबाट जाँचपास गर्न नमिल्ने हुँदा जफत गरिएको उनको भनाइ थियो। तर उनले उक्त भेपमा के छ भनेर खोलेर वा फुटाएर नहेरेको बताएका छन्।

    जफत गरिएको उक्त भेप पुस १० गतेदेखि प्रमुख भन्सार अधिकृतको कार्यकक्ष अगाडि राखिएको थियो।

    जफत भएको केही दिनपछि भन्सार एजेन्ट खुवाप्रसाद न्यौपानेले अधिकृत श्रेष्ठलाई भेटेर भेपको तोकिएको राजस्व बुझेर जाँच पास गरिदिन अनुरोध गरे। श्रेष्ठले त्यसको जाँचपास नहुने भनेर फर्काएका थिए।

    श्रेष्ठलाई भेटेको भोलिपल्ट श्यामसुन्दर साह भन्ने व्यक्तिले पनि श्रेष्ठसँग भेटेका थिए। त्यो भेप जलविद्युत आयोजनामा काम गर्ने चिनियाँ कामदारका लागि ल्याइएकाले राजश्व दाखिल गरी जाँचपास गर्न उनले अनुरोध गरे। श्रेष्ठले उनले गरेको अनुरोध पनि मानेनन्।

    राहुल महरा भन्ने व्यक्तिले पनि आफूलाई फोन गरी उक्त भेपको लिलामी प्रक्रियाबारे बुझेको श्रेष्ठले प्रहरीलाई बताएका छन्। राहुल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा हुन्।

    जफत गरिएको भेप पुस २९ गते मुद्दा शाखामा कानुनी कारबाहीको लागि पठाइएको थियो।

    भेप ओसार्ने क्रममा सुरक्षागार्डको काम गर्ने निर्मलकुमार विक जोडिएका थिए। नासु सरोज श्रेष्ठले दुई वटा सुटकेश लिएर जाँदै गर्दा विकको सहयोग मागेका थिए।

    मुद्दा शाखामा पुर्‍याएर सामान हेर्नका लागि उक्त सुटकेशको लक फुटाइयो। लक फुटाएपछि बन्द गर्दा एउटा सुटकेशको चेन राम्ररी लागेको थिएन। मुद्दा शाखाबाट सँगै रहेको गोदाममा विक आफैंले उक्त सुटकेश बोकेर लगे। त्यतिबेला सुटकेशबाट एउटा भेप झर्‍यो।

    झरेको भेप उनले आफ्नो खल्तीमा हाले। सुटकेश गोदाममै राखेपछि उनी भेप बोकेर कोठामा फर्किए।

    कोठामा उनले भेप प्रयोग गर्न खोजे। तर तान्दा धुँवा आएन। विभिन्न स्विच थिचेर, चार्ज गरेर हेर्दा पनि भेप चलाउन जानेनन्। त्यसपछि समाउने भागमा ब्याट्री राख्न मिल्छ कि भनेर उनले खोलेर हेरेका थिए। उनले भित्र प्लाष्टिकले प्याक गरी राखेको पहेँलो सुनजस्तो धातु फेला पारे।

    त्यो धातु के रहेछ भनेर उनले ग्यासमा तताए। धातु पग्लिएन।

    ‘प्लास्टिकमा प्याक गरेको पहेँलो सुनजस्तो धातु देखे पनि सुन नै हो भन्ने मलाई थाहा भएन। मैले ग्यासमा तताउँदा पनि नपग्लिएपछि मेरो कोठामा सोही भन्सार कार्यालय उपसचिवका ड्राइभर दाइ आएपछि उनलाई देखाएको थिएँ। उक्त धातुलाई भाँचेर एक टुक्रा आफैंले राखेर दाइले चिनेको सुनचाँदी पसलमा गएँ,’ विकले प्रहरीसँग भनेका छन्।

    पसलमा जाँच गर्दा पहेँलो धातु सुन नै भएको पुष्टि भयो। त्यो सुनको उनले सिक्री बनाए।

    विकलाई जफत भएको अरू भेपमा पनि सुन हुन सक्छ भन्ने लाग्यो र त्यो कसरी आफूले लिन सकिन्छ भन्नेबारे योजना बनाउन थाले।

    विमानस्थलमा जफत भएको सामान लिलामी हुन्छ। विकले लिलाम भएका सामान उठाउने बब्लु गुप्ता नामका व्यक्तिलाई चिनेका थिए। उनले बब्लुलाई जफत भएको भेपभित्र सुन रहेको जानकारी दिए।

    बब्लुको चिनजान विमानस्थलमा कार्यरत सुब्बा रेवन्त खड्का र दिनेश बस्नेतसँगै थियो। दिनेशले भन्सारको लिलाम प्रक्रियामा सहभागी भएर लिलाम सकार्ने काम गर्थे।

    बब्लुसँग विकले भेप भएको ठाउँसम्म आफूलाई पनि लिएर जान अनुरोध गरे।

    ‘तपाईंको सामान के कहाँ छ? तपाईंको सामान भेप भएको ठाउँमा भए मलाई पनि लिएर जानु, भेपभित्र सुन छ। मिल्यो भने म पनि ४/५ पिस निकाल्छु,’ विकले बब्लुलाई भनेका थिए।

    भेप कोठा नम्बर ११ मा राखिएको थियो। बब्लुले भेपमा सुन भएको कुरा रेवन्तलाई जानकारी गराए।

    दुबै जना उक्त कोठामा गएर भेप निकालेर तानेर हेरेका थिए। तर धुँवा ननिस्केपछि रेवन्त आफैंले पछि हेर्ने जानकारी गराएर उनीहरू त्यहाँबाट निस्किए।

    त्यहाँबाट फर्किएपछि भेपमा बहुमूल्य धातु छ भन्नेमा रेवन्त विश्वस्त भए। यता दिनेशले पनि भेप भित्र सुन रहेको थाहा पाइसकेका थिए। उनले सुन बेच्न व्यापारीसमेत खोजिसकेका थिए।

    ‘गोदाममा सिसिटिभीबाट निगरानी हुने भएकाले कोठामा थप चेक गरिनँ। १-२ दिनपछि मैले दिनेश बस्नेतलाई भेट्दा भेपमा सुन रहेको र सुन बिक्रीको लागि आफूले भारतीय नागरिकसँग डिल गरिसकेको बताएका थिए। त्यसबाट प्राप्त हुने रकम मलाई पनि दिने भनेका थिए,’ रेवन्तले प्रहरीसँगको बयानमा भनेका छन्।

    करिब ८-१० दिनपछि मुद्दा शाखामा रहेका लिलामी गर्नुपर्ने र नष्ट गर्नुपर्ने सामानलाई छुट्याइयो। भेप पनि डिस्पोज गर्ने भन्दै रेवन्तले गोदामबाट १११ नम्बरको कोठामा सार्न लगाए। त्यहाँ सिसिटिभी जडान गरिएको छैन। डिस्पोज गर्ने सामान छुट्याउन कामदार जाँदा दिनेश बस्नेतसँगै जान्थे।

    उनीहरूले पनि भेप जाँच्दा सुन नै फेला पारेपछि रेवन्तले दिनेशलाई ‘जे गर्नु पर्छ गर’ भनेर निर्देशन दिएका थिए।

    ‘ए दाइ सुन रहेछ त भन्दा उनले जे गर्नुपर्छ गर, के कसरी हुन्छ मिलाऊ भनेकाले मैले उनको सहयोग र संलग्नतामा लगभग ९ दिन लगाएर सुन झिकेको थिएँ। अनि त्यो भेपको साटो अर्कै ब्रान्डको भेप ल्याएर साटिदिएको थिएँ,’ दिनेशले भनेका छन्, ‘मैले सुन झिक्ने प्रयोजनका लागि फुटाएको भेपको खोल, बट्टा, भेपका टुक्राहरू धुलो बनाएर बानेश्वर सुकुम्बासी बस्तीनजिक बागमती खोलामा फालेको हुँ।’

    उनले प्रहरीलाई दिएको बयानअनुसार भेपबाट ९ किलो सुन निस्किएको थियो। सुन सबै उनी आफैंले बिक्री गरेको पनि स्वीकारेका छन्।

    उनले आफ्ना भिनाजु गोपाल सुवेदी र दिपेश बस्नेतसँग मिलेर सुन बेचेका थिए। दिपेश बस्नेत त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा कार्गो एजेन्टको रूपमा काम गर्थे। उनी दिनेशका सहोदर भाइसमेत हुन्।

    गोपाल र दीपेशले वेदप्रकाश अग्रवाललाई चिनेका थिए। अग्रवाल विशालबजारमा घडी पसल चलाउँछन्। अग्रवालको माध्यमबाट उनीहरू सुन व्यवसायी साहेब राज मरगसम्म पुगे। उनकै पसलमा उनीहरूले ९ किलो सुन बेचे।

    ‘सम्पूर्ण सुन बिक्रीको रकम हिसाब गर्दा उनीहरूले ६ करोड २१ लाख हुन्छ भनेका थिए। त्यसमध्ये ६ करोडमात्रै उनीहरूले मलाई दिएका हुन्। अवैध सुन हो भन्ने थाहा पाएर उनीहरूले कम मुल्य तिरेर खरिद गरेका थिए,’ दिनेशले भनेका छन्।

    ६ करोड लिएपछि उनले ६५ लाख रेवन्तलाई बैंक खातामा हालिदिए। १० लाख रुपैयाँ भने नगदै दिए।

    दिनेशले पाएको रकमबाट आफ्ना ससुरा केशव थापाको नाममा मध्यपुर ठिमी नगरपालिका दिव्येश्वरी प्लानिङ भित्रको जग्गा किने। जग्गामा उनले दुई करोड ७५ लाख रुपैयाँ हालेका थिए।

    बाँकी पैसामध्ये दिनेशले बब्लु गुप्तालाई २० लाख दिएका थिए। बब्लुसँग पहिला लिएको ऋण तिरेको उनले बताएका छन्। उनले भाइ दिपेशलाई ८ लाख र जग्गा खरिद गरिदिने बिचौलियालाई पनि ८ लाख दिएका थिए। ४ लाख रुपैयाँको भने सुकुटे बिच रिसोर्टमा पुगेर खर्च गरेको उनले बयान दिएका छन्।

    दिनेशले सुन बेचेर पैसा खर्च गरिसकेपछि भन्सार कार्यालयमा उक्त भेपको खोजी भयो। त्यतिबेला नासु रेवन्त भने कार्यालयमा थिएनन्। उनी कार्यालयमा नभएको बेला अर्का एक जना कर्मचारीले कोठा नम्बर १११ मा पुगेर भेप जाँच गरे।

    सुरूमा मुचुल्का उठाउँदाको भेप र अहिले कोठा नम्बर १११ मा भएको भेप उस्तै नभएको देखिएपछि उनले प्रमुख भन्सार प्रशासक अम्बिकाप्रसाद खनाललाई यसको जानकारी दिए।

    भन्सार प्रशासक खनालले रेवन्तलाई कार्यालयमा बोलाए। सोधपुछ गर्दा रेवन्तले दिनेशमार्फत् भेप साटेर एक करोड रुपैयाँ लिएको बताए।

    भेप बिक्री गरिसकेको जानकारी पाएपछि अनुसन्धान गर्न भन्सार कार्यालयले गत वैशाख २६ गते सिआइबीलाई पत्राचार गर्‍यो।

    प्रहरीले सुन चोरी गर्ने व्यक्तिहरूको पहिचान गरी पक्राउ गरे पनि सुन ल्याउने समूहबारे भने अनुसन्धान जारी नै रहेको बताएको छ।

    यही सुन ल्याउने व्यक्तिहरूको सम्पर्क पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा लगायतसँग समेत भएको सरकारी वकिल कार्यालयमा बुझाइएको प्रतिवेदनमा उल्लेख छ।

    सिआइबीले यो घटनाको अनुसन्धान गर्ने क्रममा कसको कोसँग सम्पर्क भएको थियो भनेर एउटा चार्ट बनाएको छ। उक्त चार्टमा महराको सम्पर्क शंकास्पद चिनियाँ नागरिकसँग भएको देखिन्छ भने उनका छोरा राहुलको सम्पर्क अरू चिनियाँ नागरिक र भन्सार अधिकृत श्रेष्ठसँग भएको देखिन्छ।

    महरा चिनियाँसँगको सम्बन्धका कारण यसअघि पनि विवादमा आएका थिए। २०६७ सालमा एक जना चिनियाँ व्यापारीसँग ५० करोड रुपैयाँ मागेको उनको अडिओ टेप सार्वजनिक भएको थियो। प्रधानमन्त्रीको चुनावमा सांसदहरूलाई मिलाउनका लागि उक्त रकम चाहिएको उनले टेपमा बताएका थिए।

    अहिलेको सुन प्रकरणमा महरा बाबु-छोराको संलग्नता कुन तहसम्म छ भन्नेबारे प्रहरीले खुलाएको छैन। यो विषयमा अझै पनि ब्युरोले अनुसन्धान जारी राखेको ब्युरोका प्रवक्ता एसपी संजयसिंह थापाले जानकारी दिए।

    ‘सम्पर्क जोसँग पनि हुने भयो। कुराकानी भएको देखिए पनि, यही प्रयोजनका लागि भएको हो भन्ने बुझ्नलाई सम्बन्धित व्यक्तिसँग सोधेपछि मात्रै थाहा हुन्छ। चिनियाँ नागरिक उहिल्यै भागिसक्यो। उनीसँग नसोधिकन हामीले सबै दोषी हुन् भनेर भन्न सक्दैनौं,’ एसपी थापाले भने, ‘यसमा दिनेश बस्नेतहरूको अनुसन्धान टुंगिएको हो। यो नेटवर्कलाई चिर्ने अनुसन्‍धान जारी नै छ।’

    लगेजमा भेप भेटिएका चिनियाँ नागरिक त्यही बेला नै केही दिन नेपाल बसेर विदेश गइसकेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गर्ने काभ्रे उमाविका शिक्षक पक्राउ

    पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर बिनुकुमारी शाही फरार

    अमेरिका स्थित ममताको शव कैयन स्थानमा फोहोरका झोला डिस्पोज गरेको प्रमाण फेला

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution