जापान ।जापानमा नेपालीहरुको संख्या १ लाख ४० हजार पुगेको तथ्यांक बाहिरि रहँदा नेपालीहरुमा हुने दुःखद घटनामा पनि बृद्धि हुन थालेको छ । महिना दिन नपुग्दै जापानमा दुई जना नेपाली हराएका छन् ।एक महिना पुग्न लाग्दा समेत बेपत्ता नेपाली चेलीको
कुनै अत्तोपत्तो लाग्न नसकिरहेको बेलामा फेरी जापानमा एक नेपाली युवा सम्पर्क विहिन भएका छन् ।प्राप्त जानकारी अनुसार जापानको फुकुओकास्थित, जीएजी निहोङगो गाकुईनमा अध्ययनत दोलखा जिल्ला स्थायी घर भएका २३ वर्षका अनुप खड्का सोमबार बिहानदेखि सम्पर्क बिहिन भएका छन् ।
साथीभाइ तथा पविारसँग खड्का सम्पर्क बिहिन भएपछि उनको खोजीकार्य शुरु भएको छ । अनुप सोमबारदेखि बेपत्ता भएको फुकुओकामै बस्ने उनको ठलो बुबाको छोरा रवन खड्काले बताएका छन् ।आफूलाई पैसाको निकै समस्या भएको भन्दै उनले हालैका
दिनमा आफूलाई म्यासेजहरु पठाउने गरेको खड्काका दाजुले बताएका छन् । दाजुभाईबीच गएको आईतबार दिउँसो कुराकानी हुँदा पनि यस्तै खालको गफ भएको अनि आफ्नो समस्या अरुले नबुझेको गुनासो अनुपले गरेको खुलेको छ ।अनुपले भाषा विद्यालयमा
काम गर्ने एक नेपाली शिक्षकलाई पनि आफू एप्सको ठगीमा परेर सबै पैसा गुमाएको बताएका थिए । पछिल्लो समय उनलाई विद्यालयको शुल्क तिर्न समेत समस्या भएको बुझिएको छ । माथि तस्विरमा देखिएको व्यक्तिलाई तपाईले कतै देख्नु भयो भने रवन खड्काको
मोबाइल 070 7657 4194 मा सम्पर्क गरेर जानकारी दिनु होला ।जापानको ओसाकाबाट मार्च १७ देखि चितवनकी आरती खनाल बेपत्ता भएकी थिइन् । उनी पनि अहिलेसम्म फेला परेकी छैनन् । उनको पनि तीव्र गतिमा खोजी भइरहेको छ । तर अहिलेसम्म उनको पनि कुनै अत्तोपत्तो लागेको छैन ।
यो पनि – यस वर्षको शुन्टो वार्तामा जापानमा तलब दशकौंयता नदेखिएको स्तरमा तलब बढाउने सहमति भयो । तलब वृद्धिको आशाले उपभोक्ताहरुको मनोबल ह्वात्तै बढाएको छ । हालै सरकारले गरेको एउटा सर्वेक्षणले यस्तो देखाएको हो ।
मन्त्रीपरिषद्को कार्यालयले गरेको सर्वेक्षणका अनुसार मार्चमा २ वा सो भन्दा धेरै सदस्य भएका घरपरिवारको उपभोक्ता मनोबल सूचक ३३ दशमलव ९ प्रतिशतमा उक्लिएको छ । यो अघिल्लो महीनाको भन्दा २ दशमलव ६ अंक धेरै हो । सूचकांकमा भएको यो वृद्धि सन् २०२१ को जुनयताकै उच्च हो ।
यो देशव्यापी सर्वेक्षणमा ८ हजार ४०० घरपरिवारहरुलाई सहभागी गराइएको थियो ।सहभागीहरुलाई आगामी ६ महीनाको खर्च योजनाबारे सोधिएको थियो । यसमा कार र होम एप्लाइन्सेज जस्ता बढी मूल्यका सामानमा गरिने खर्चलाई समेत समेटिएको थियो ।
वार्षिक तलब वार्तामा कम्पनी व्यवस्थापन र श्रम संगठनहरुबीच उच्च तलब वृद्धिको सहमति भएपछि थप मानिसहरु आफ्नो आय वृद्धिप्रति आशावादी देखिएका छन् ।मास्कसम्बन्धी नियम खुुकलो पारिँदा पनि उपभोक्ताहरुमाझ सहजता बढेको बताइएको छ । मन्त्रीपरिषद्को कार्यालयले २ महीनामा पहिलो पटक उपभोक्ता
मनोबलसम्बन्धी आधारभूत अनुमानमा सकारात्मक संसोध गरेको छ । तर भविष्यमा जीवनयापन खर्च कस्तो हुने हो भन्ने कुराले भने मानिसहरुलाई सबैभन्दा धेरै सताइरहेको छ । सहभागी मध्ये ९४ दशमलव १ प्रतिशत सहभागीहरुले आगामी एक वर्षसम्म महँगी उच्च रहने बताएका छन् ।