• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८० जेष्ठ २०, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनाबलात्कारतोसिमा कार्कीप्रचण्डराशिफलपल शाह
  • प्रेमिकाको हत्या गरी प्रेमीद्वारा आत्महत्याको प्रयास

    १ हफ्ता अघि

    संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार

    १ हफ्ता अघि

    निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : मन्त्री नारायणकाजी श्रेष्ठ

    ३ हफ्ता अघि

    बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन

    ३ हफ्ता अघि

    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

    ३ हफ्ता अघि

    एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

    ३ हफ्ता अघि

    साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा

    ३ हफ्ता अघि

    श्रीमतीलाई अस्ट्रेलिया छोडेर बिदामा नेपाल आएका तपेन्द्र सँधैका लागि अस्ताए

    १ महिना अघि

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

    १ महिना अघि

    मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु, अरनिको राजमार्ग ठप्प

    १ महिना अघि
FLASH NEWS
  • १प्रेमिकाको हत्या गरी प्रेमीद्वारा आत्महत्याको प्रयास
  • २संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार
  • ३निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : मन्त्री नारायणकाजी श्रेष्ठ
  • ४बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन
  • ५पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो
  • ६एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो
  • ७साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा
  • ८श्रीमतीलाई अस्ट्रेलिया छोडेर बिदामा नेपाल आएका तपेन्द्र सँधैका लागि अस्ताए
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८० जेष्ठ २०, शनिबार
in
होमपेज / राजनीति
  • ४३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • चितवन २ मा युवा नेतात्रय रवि, जीतनारायण र रामप्रसादबीच कडा टक्कर

  • संदेश पत्र
  • २०७९ चैत्र १८, शनिबार (२ महिना अघि)
  • फाईल तस्विर

    देशका १६५ निर्वाचन क्षेत्रमध्ये चितवन २ मा सबैभन्दा फराकिलो अन्तरले जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद पद खारेज भएको थियो । तर उनी पुनः नगारिकता प्राप्त गरेपछि १० वैशाखमा हुने उपनिर्वाचनका लागि मैदानमा उत्रिएका छन् ।

    लामिछानेविरुद्ध कांग्रेसका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ प्रतिस्पर्धामा उत्रिँदा एमाले पनि उसै गरी युवा नेता रामप्रसाद न्यौपानेलाई उम्मेदवारमा अघि सारेको छ ।

    यसैले ४ मंसिरमा भएको निर्वाचनको ५ महिनामा नै हुन लागेको उपनिर्वाचनमा चितवन २ मा युवा नेताबीच रोचक प्रतिस्पर्धा हुने भएको हो ।

    एमालेकाे परम्परागत बलियो क्षेत्र, कांग्रेसको पनि उस्तै प्रभाव र स्थानीय उम्मेदवारले यो क्षेत्रको चुनावी माहोल फरक हुँदैछ ।

    आफ्नो लोकप्रियताको बलमा कांग्रेस र एमालको मत तानेर जितेका रवि नै फेरि यी उम्मेदवारविरुद्ध प्रतिस्पर्धामा उत्रिँदै गर्दा यसपटककाे भिडन्त थप रोचक हुने देखिन्छ ।

    त्रिपक्षीय भिडन्तको प्रतिस्पर्धाले उपनिर्वाचनको माहोल थप तताउने भएको हो ।

    मंसिर ४ गते देशका १६५ निर्वाचन क्षेत्रमध्ये चितवन २ मा रवि लामिछानेले सबैभन्दा फराकिलो जीत हात पारेका थिए । टेलिभिजन प्रस्तोता हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोलेर चुनावी मैदानमा होमिएका उनले ३४ हजार ३१२ मतान्तरको फराकिलो जीत हात पारे । लामिछानेले ४९ हजार ३०० मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठ छेउछाउ पनि पुगेनन् । उनले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।

    पुनः नागरिकता प्राप्त गरेपछि लामिछानेले फेरि यही क्षेत्रबाट चुनाव जितेर आउने विषयलाई प्रतिष्ठा मानेका छन् । उनले प्रतिष्ठा मानेको क्षेत्रमा कांग्रेसले उद्यमी उमेश श्रेष्ठलाई पुनः उठाएन । बरु भूगोलमै राजनीति गरेका युवा नेता एवं पूर्व जिल्ला सभापति जीतनारायणलाई उम्मेदवार बनाउन चाह्याे । पुराना दलविरुद्ध आफ्नो दबदबा देखाउने रविको तयारी र आफ्नो परम्परागत विरासत र आधारलाई फर्काउने कांग्रेस र एमालेको संकल्पले पनि चितवनको उपनिर्वाचन यसपटक रोचक हुने बताइन्छ । एमालेले पनि उस्तै गरी युवा नेतालाई प्रतिस्पर्धामा उतार्ने निधो गर्यो । यसैले यहाँ पेचिलो प्रतिस्पर्धा हुने देखिएको हो ।

    एमालेले पुराना प्रतिस्पर्धी र भूगोलमा चर्चित कृष्णभक्त पोखरेल नै उम्मेदवार बनाउँछ कि भन्ने धेरैलाई थियो । तर अनेरास्वयुबाट एमालेमा स्थापित र लोकप्रिय बनिरहेका युवा नेता न्यौपानेलाई उम्मेदवारमा छानेको हो । उनी एमाले जिल्ला अध्यक्ष हुन् । रवि, जीतनारायण जस्तै एमालेले पनि विकल्पमा युवा नेता न्यौपानेलाई अघि सारेपछि तीन युवा नेताबीच प्रतिस्पर्धा रोचक हुने देखिएको हो ।

    अघिल्लोपटक व्यावसायी उम्मेदवार बनेको भन्दै कांग्रेसको भोट पनि रविलाई गएको थियो । एमालेको पनि भोट रविले तानेका थिए । यसैले युवा नेता रविविरुद्ध दुवै दलले युवालाई नै अगाडि सारेर चुनौती दिन खोजेका हुन् ।

    सत्ता गठबन्धनलाई जसरी पनि परास्त गर्ने संकल्प लिएका एमाले अध्यक्ष केपी ओलीले यो क्षेत्रमा उम्मेदवारमा ‘सरप्राइज’ दिनसक्ने आकलन थियो । ओलीले युवा नेताविरुद्ध युवा नेतालाई भरोसा गरेर टिकट टुंग्याएका हुन् ।

    नयाँ दल खोलेर २० जितेको रास्वपा विपक्षमा बस्ने धेरैको अनुमान थियो । तर १० पुसमा सरकारमा गयो । सभापतिको नागरिकता विवाद भएपछि प्रचण्ड नेतृत्वको सरकारबाट रास्वपाले मन्त्रीलाई फिर्ता बोलायो तर समर्थन फिर्ता लिएन । एमाले सरकारबाट बाहिरिए पनि रास्वापाले सरकारलाई समर्थन गरिरह्यो ।

    बरु राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने, फेरि ६ चैतमा प्रधानमन्त्रीलाई विश्वास दिने र फेरि सरकारमा जाने नीति लियो । सरकारमा जान चाहेर पनि रविलाई प्रचण्डले समेटेनन् । नयाँ दल खोलेर परम्परागत दलविरुद्ध शानदार जीत दर्ता गरेर रवि रातारात चर्चित बन्न पुगे । तर छोटो समयमा देखाएका उतारचढावले भने उनको पनि आलोचना बढाएको छ । युवा नेताविरुद्ध चुनावी मैदानमा उठ्दै गर्दा रविले यी चुनौतीको सामना गर्नुपर्ने प्रष्टै छ ।

    तर पनि रविको जबर्जस्त पकड र लोकप्रियता पूरै नघटिकेको अवस्थामा उनलाई चुनौती दिने गरी जीतसम्म पुग्नुपर्ने चुनौती कांग्रेस र एमालेका उम्मेदवारलाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    बारा-२ मा उपेन्द्रले ह्वात्तै बढाए अग्रता

    रास्वपाले ढाकाको ठाउँमा विन्दबासिनी कंशाकारलाई सांसद बनाउने

    रास्वपाले आज ढाकाकुमारसँग बयान लिने

    रवि लामिाछाने भन्छन्–अबको ५ वर्षपछि रास्वपाले एकल सरकार बनाउँछ

    ताजा समाचार
    १

    प्रेमिकाको हत्या गरी प्रेमीद्वारा आत्महत्याको प्रयास

    २

    संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार

    ३

    निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : मन्त्री नारायणकाजी श्रेष्ठ

    ४

    बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन

    ५

    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

    ६

    एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

    ७

    साहित्यकार सुवेदीको पहिलो गीत ‘मलाई भन्थे सबैले’ बजारमा

    ८

    श्रीमतीलाई अस्ट्रेलिया छोडेर बिदामा नेपाल आएका तपेन्द्र सँधैका लागि अस्ताए

    ९

    यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

    १०

    मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु, अरनिको राजमार्ग ठप्प

    समाचार
    थप

    संगीत संयोजक राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार

    बालकृष्ण खाण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन

    पूर्वगृहमन्त्री खाँणलाई म्याद थपका लागि अदालत लगियो

    एमालेले टोपबहादुर रायमाझीलाई निलम्बन गर्यो

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution