एजेन्सी : इन्टरनेटको अँध्यारो संसार अर्थात् डार्क वेबमा मानिसको छाला १३ सय रुपैयाँ प्रतिइन्चको हिसाबमा बिक्री भइरहेको छ । मानव छालाबाट बनेको जुत्ता ३६ लाख रुपैयाँमा अनि पर्स १८ लाख रुपैयाँमा बिकेको छ ।
डार्क वेबमा मानव अंगका साथै छाला पनि धमाधम बिकिरहेको हो । अंगहरू प्रत्यारोपणका लागि बिक्ने गरेका छन् भने मानव छालाले ज्याकेट, हातेझोला र पर्स बनाएर बिक्री गरिँदैछ ।
अन्लाइन र अफलाइनमा यी उत्पादनहरू पाइँदैनन् किनकि यिनीहरू पूर्णतया अवैध हुन् । तर डार्क वेबमा यी कुराहरू सजिलैसँग उपलब्ध भइरहेका छन् ।