• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख ३०, मंगलबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख ३०, मंगलबार
in
होमपेज / अपराध
  • १०४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • युट्युबरकाे बार्गेनिङले तनावमा ऋषि धमला

  • संदेश पत्र
  • २०७९ चैत्र ६, सोमबार (२ साल अघि)
  • फाईल तस्विर

    टेलिभिजनकर्मी ऋषि धमला र आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबाबीचको ‘लफडा’मा छिरेर केही युट्युबरले पैसा ‘बार्गेनिङ’ गरेको खुलासा भएको छ ।

    हालै युट्युबमा सार्वजनिक अडियोअनुसार, एक युट्युबरले धमलासँग लाखौँ रुपैयाँ मागेको खुलेको हो । आफूलाई पत्रकार बताउने मनोजकुमार महतो उर्फ मनोज मानव नामका युट्युबरले धमलालाई गोप्य भिडियो सार्वजनिक गर्ने धम्की दिँदै ‘ब्ल्याकमेलिङ’ गरेको अडियोबाट प्रस्ट हुन्छ । सिराहाका महतो काठमाडौंमा स्टार अनलाइन टीभी नामको युट्युब च्यानलका लागि भिडियो बनाउँछन् ।

    आफूलाई पीडित बताउने शर्मिलासँगको संवादमा युट्युबरले पैसा पाएको आधा घण्टामै युट्युबबाट भिडियो डिलिट गरिदिने बताएका छन् । ‘भिडियो नहाली धमलाले टेर्दैन क्या । सबुतसहित हाल्दिऊँ न सिध्याइदिऊँ । त्यसले आखिर तपाईंलाई केही गर्ने होइन’, मनोजले यति भनेपछि शर्मिलाले ‘भिडियो हालेर समाधान छ त ?’ भनेर साधेकी छन् ।

    जवाफमा मनोजले भनेका छन्, ‘आधा घण्टामा उडाइदिऊँला नि त्यो भिडियो । फेरि म सबै ठाउँबाट डिलिट गर्न लाइदिन्छु नि पैसा पाएपछि । तर एउटा सबुत पनि चाहियो क्या, केही न केही ।’

    आफूलाई ‘जनयुद्ध’को घाइते दाबी गर्ने नरनाथ गौतम नामका व्यक्तिले समेत धमलासँग ‘बार्गेनिङ’ गरेको भिडियो सार्वजनिक भएको थियो । ‘शर्मिला वाइबासँगको सेक्स भिडियो मसम्म आइपुग्यो, के गरौँ’ भन्दै उनले धमलालाई फोन गरेका थिए । पछि उनले आफूले धमलालाई जानकारी मात्रै गराएको बताएका थिए । यति मात्र हाेइन, धमलापत्नी एलिजा गाैतमलाई समेत कतिपयले तनाव दिएको शर्मिला-मनोज संवादको अडियोबाट बुझ्न सकिन्छ ।

    यसले के देखाउँछ भने केही युट्युबरले धमला र शर्मिलाको व्यक्तिगत विवादमा छिरेर ‘बार्गेनिङ’ गरिरहेका छन् । तीन दिनअघि फेसबुक लाइभमार्फत शर्मिलाले आफूहरूबीचको विवादमा पसेर युट्युबरहरूले पैसा मागिरहेको बताएकी थिइन् । विवाह गर्छु भनेर धमलाले आफूसँग सम्बन्ध बनाएको आरोप लगाएकी वाइबाले लगत्तै बोली फेर्दै आफूहरूबीच लेनदेनको विवाद मात्रै रहेको बताएकी थिइन् । धमलाले पनि विवाद लेनदेनको मात्रै भएको बताएका छन् । यसबीचमा गोप्य भिडियो हाल्दिने धम्की दिँदै युट्युबरदेखि आफूलाई अभियन्ता दाबी गर्ने कतिपय व्यक्तिसम्मले धमलासँग बार्गेनिङ गरेका हुन् ।

    युट्युब च्यानल बीजी टीभीमार्फत सार्वजनिक पछिल्लो अडियोमा मनोज र शर्मिलाबीचको संवाद सुन्न सकिन्छ । मनोज तिनै युट्युबर हुन्, जसले धमलामाथि आरोप लगाइएको शर्मिलाको भिडियो सुरुमा युट्युबमा प्रसारण गरेका थिए ।

    सार्वजनिक अडियोमा वाइबा भनिरहेकी छन्, ‘भिडियोहरू नहाल्ने सर्तमा वकिल राखेर मिलेका छौँ ।’ तर मनोजले सबुतसहित भिडियो राखेर धमलालाई सिध्याइदिने बताएका छन् ।

    यस्तो छ संवादः

    bargening1679224351.PNGस्क्रिनसटः बिजी टीभीकाे युट्युब च्यानलबाट ।
    मनोजः भिडियो नहाली धमलाले टेर्दैन क्या । सबुतसहित हाल्दिऊँ न सिध्यादिऊँ । त्यसले आखिर तपाईंलाई केही गर्ने होइन ।

    शर्मिलाः अनि भिडियो हालेर समाधान छ त नि ?

    मनोजः आधा घण्टामा उडाइदिऊँला नि त्यो भिडियो । फेरि म सबै ठाउँबाट डिलिट गर्न लाइदिन्छु नि पैसा पाएपछि । तर, एउटा सबुत पनि चाहियो क्या, केही न केही ।

    शर्मिलाः त्यही त मान्दैन होला । फेरि अर्को उग्र हुने हो कि !

    मनाेजः हुँदैन । सुन्नाेस् यसो गरौँ, मेरो अफिस आउन सक्नुहुन्छ १५/२० मिनेटमा ?

    शर्मिलाः फेरि भिडियो हालेर भोलि… !

    मनाेजः होइन, म त्यो धमलासँग डराउँदिनँ हेर्नुस् । मैले पनि टेन्सन खपिसकेँ । मैले पनि आफ्नो सल्लाह गरिसकेँ । त्यो धमलाको मात्रै पावर छैन, मेरो पनि छ । तपाईं १५ देखि २० मिनेटमा आउनुहुन्छ भने आउनुस् ।

    शर्मिलाः सुन्नु त, भिडियो नहाल्ने भनेर त्यत्रो वकिल राखेर कागज गरेको छ नि त !

    मनाेजः बुझेँ कि बुझेँ । त्यसैले त तपाईंको सल्लाह लिँदैछु । तपाईं यहाँ आउनुस् । त्यसको अफिस म किन जानु ? अफिसमा सीसी क्यामेराहरू हुन्छ ।

    शर्मिलाः तपाईंले त्यो भिडियो हाल्यो भने त मलाई पनि गाह्रो हुन्छ, उसलाई पनि गाह्रो हुन्छ ।

    मनाेजः त्यो त हो कि.. । तर अस्ति तपाईं हामीलाई बोलाएर त्यसले किन नभेटेको त ?

    शर्मिलाः होइन बीजी भएर होला नि त ! तपाईंहरू साथीसाथी तपाईं आफैं कुरा गर्नु न एकचोटि ।

    मनाेजः अब मैले के…, तपाईं आउनु न १५ देखि २० मिनेटमा मेरो अफिसमा ।

    शर्मिलाः भिडियोचाहिँ नहाल्नु नि । त्यो हालेर केही काम छैन । एकचोटि सल्लाह गर्नु, कुरा गर्नु के हुन्छ । लिनुपर्ने पैसा मेरो हो । अरुअरुले ऋषि धमलालाई फोन गर्दै पैसा मागिरहेका छन्, ए, यस्तो भिडियो छ उस्तो भिडियो छ हाल्दिन्छु भन्दै । त्यस्तो गर्ने होइन नि त !

    मनाेजः अरुसँग भिडियो छैन कहाँबाट हाल्नु ।

    शर्मिलाः होइन, त्यो नरनाथ गौतमले क्या, यस्तो यस्तो भिडियो आको छ के गर्ने भन्दै धम्क्याइरहेको छ ।

    मनाेजः एलिजालाई पनि फोन गरिसको ?

    शर्मिलाः अँ, एलिजालाई पनि फोन गरिसक्यो रे । मलाईचैँ गरेको छैन । नरनाथ गौतमले चैँ फोन गरिसक्यो रे ।

    मनाेजः म त हाँसेर हैरान छु । अनि एलिजाले तपाईंलाई भनी ?

    शर्मिलाः मलाई त दिदीले भनेको । मैले त्यस्तो नगर्दिऊँ भनेको । ऋषि धमलालाई पक्राएर पाउने केही होइन के, विचरा ।

    मनाेजः यसो गरौँ, मैले कुरा बुझेँ । तपाई १५/२० मिनेटमा यहाँ मेरो अफिस आउनु न ।

    शर्मिलाः ल ।

    मनाेजः यहाँ सुन्नु न, अर्को मोबाइलमा यहाँ ऋषिको फोन आयो । उसलाई नि बोलाउँछु म यहाँ ।

    शर्मिलाः कसलाई ?

    मनाेजः ऋषि धमलालाई ।

    शर्मिलाः कल गर्‍यो तपाईंलाई ?

    मनाेजः अँ गर्दैछ, म उसलाई पनि यही अफिसमा बोलाउँछु । तपाईं आउनुस् ।

    सार्वजनिक अडियोबारे युट्युबर मनोजको माेबाइल ९८५१३१२..७ र ९८४४१८..१९ नम्बरमा सम्पर्क गर्न खाेज्दा स्वीच अफ भन्यो । शर्मिलाले भने फेसबुक लाइभमार्फत नै आफूलाई मनोजसहितका युट्युबरले अप्ठेरोमा पारेको गुनासो गरेकी थिइन् । युट्युबमा नहाल्ने भनेर खिचिएको भिडियो हालेर मनोजले धमलासँग बार्गेनिङ गरेको उनको आरोप छ ।

    ऋषि-शर्मिला लफडा कसरी बाहिरियाे ?

    गत २२ माघमा राष्ट्रिय स्वतन्त्र पार्टीको पत्रकार सम्मेलनमा सभापति रवि लामिछाने मिडिया र केही पत्रकारमाथि खनिए । त्यस क्रममा उनले धमलालाई जोकरको संज्ञा दिए । धमलाले कतिपय विषयमा ‘बार्गेनिङ’ गर्ने गरेको दाबी पनि लामिछानेले गरेका थिए ।

    त्यही दिन राति प्राइम टीभीबाटै धमलाले लामिछानेलाई जवाफ दिए । आफूलाई १ सय ३ डिग्रीको ज्वरो आएको छ भन्दै टीभीमा देखिएका धमलाले रविलाई चुनौती दिएका थिए, ‘आफूले बार्गेनिङ गरेको वा गल्ती गरेको प्रमाण ल्याए पत्रकारिता छोडिदिन्छु ।’

    त्यसैको भोलिपल्ट शर्मिलाले धमलाको पोल खोलिदिने भन्दै फेसबुकमा स्टाटस लेखेकी थिइन् । त्यसपछि युट्युब अन्तर्वार्ता दिँदै उनले विवाह गर्ने आश्वासनमा धमलाले आफूसँग वर्षौंदेखि शारीरिक सम्बन्ध राखेको बताएकी थिइन् । लगत्तै, उनले आफू र धमलाबीच लेनदेन विवाद मात्रै रहेको भन्दै बोली फेरिन् ।

    यसबीचमा युट्युबरले ‘काजु काण्ड’ भनेर धमला र शर्मिलाबीचको व्यक्तिगत विषयलाई ‘भाइरल’ मात्रै बनाएका छैनन्, त्यसले नपुगेर केही युट्युबले दुवै पक्षसँग बार्गेनिङ समेत गरिरहेका छन् । केही दिनअघि आत्महत्याको प्रयास गरेकाेभन्दै शर्मिलालाई अचेत अवस्थामा अस्पताल पुर्‍याइएको थियो । उसाे त, धमला र शर्मिलाबीच मिलाप गराएका सन्तोष देउजासमेत तनावमा छन् । केही युट्युबरले देउजाका बारेमा अश्लील थम्बनेल र हेडलाइन राखेर भिडियो बनाएका छन् ।

    हैरान धमला

    ‘यतिसम्म चरित्र हत्या हुँदा कानुनी कारबाहीमा किन नजानुभएको ?’

    यसअघि फोनमा खुलेर बोल्ने धमला अचेल अलि ‘सजग’ सुनिन थालेका छन् । उनले भेटेरै प्रतिक्रिया दिने बताए । यद्यपि, पछिल्लोपल्ट आफूलाई बार्गेनिङ गर्नेहरूले हैरान पारेको भने उनले लुकाएनन् । ‘हामीबीच लेनदेनको मात्रै विवाद हो । यसलाई कसरी समाधान गर्ने भन्नेमा हामी सहमत भइसकेका छौँ । युट्युबतिर के आयो, मैले हेर्न भ्याएको छैन । उनीहरूसँग विवाद गरेर कुनै उपलब्धि हुन्छजस्तो पनि लाग्दैन’, धमलाले यति नै भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गर्ने काभ्रे उमाविका शिक्षक पक्राउ

    पक्राउ पुर्जी जारी भएलगत्तै इन्स्पेक्टर बिनुकुमारी शाही फरार

    अमेरिका स्थित ममताको शव कैयन स्थानमा फोहोरका झोला डिस्पोज गरेको प्रमाण फेला

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution