• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ १८, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २ हफ्ता अघि

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    २ हफ्ता अघि

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ३ हफ्ता अघि

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ४ हफ्ता अघि

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    १ महिना अघि

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    १ महिना अघि

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    १ महिना अघि

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    १ महिना अघि

    आइतबार सार्वजनिक बिदा

    १ महिना अघि

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    १ महिना अघि
FLASH NEWS
  • १आज २०८२ साल असार १ गते आइतबारको राशिफल
  • २आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल
  • ३आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल
  • ४आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल
  • ५राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
  • ६कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ
  • ७बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्
  • ८आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ अषाढ १८, बुधबार
in
होमपेज / अन्तर्राष्ट्रिय
  • ५९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • कुनै दिन भात खानकै लागि भिख माग्ने रोनाल्डो अहिले फुटबल खेलेरै हरेक वर्ष कमाउँछन् २८ अर्ब

  • संदेश पत्र
  • २०७९ चैत्र २, बिहिबार (२ साल अघि)
  • फाईल तस्विर

    उनी २१औँ शताब्दीका सबैभन्दा सफल फुटबलर हुन् र केही खेलकुदका अर्बपतिहरूमध्ये एकमा पनि पर्छन् । उनी हुन् पोर्चुगलका ३८ वर्षीय क्रिस्टियानो रोनाल्डो, जसले जीवनमा असीम दुःखहरू पनि भोगेका छन् ।अहिले साउदी अरबको अल–नासर क्लबबाट खेल्ने रोनाल्डोले वार्षिक १ सय ७५ मिलियन पाउन्ड कमाउँछन् ।

    अर्थात् उनले वर्षको २७ अर्ब ७० लाख नेपाली रुपैयाँ फुटबल खेलेरै मात्र कमाउँछन् ।उनको कमाइको कुनै सीमा छैन । उनले अनगिन्ती होटल, रेस्टुरेन्ट तथा फिट्नेस सेन्टरदेखि विमान भाडा लगाउने कम्पनी, लुगा–अत्तर र कपाल क्लिनिक व्यवसायमा लगानी गरेका छन्, जसले उनलाई फुटबल खेलेर कमाउनेभन्दा बढी प्रतिफल दिन्छ ।

    वर्तमान अवस्थामा जति सफल भए पनि उनी आफ्नो पृष्ठभूमि भने भुल्दैनन् । रोनाल्डो ज्यादै गरिब परिवारमा जन्मिएका थिए । पोर्चुगलको मादेरिया टापुको फुन्चालमा जन्मिएका उनले बाल्यकालमै खान–लाउन धौधौ भएपछि सडक सफा गर्ने काम गर्थे, कैयौँपटक उनले खानाका लागि भिख पनि मागे ।

    पिता जोसे डिनिस अभिरो र आमा डोलोरेस दोस सान्तोसको कोखबाट सन् १९८५ मा जन्मिएका उनी वास्तवमा अभिभावकलाई नचाहिएको बच्चा थिए । कैयौँपटक गर्भपतन गर्दा पनि उनी जन्मिएका थिए ।पिता अभिरो ज्यादै जँड्याहा थिए, पूर्व पोर्चुगिज सेना उनको युद्धमा होमिएका कारण मानसिक अवस्था ठीक थिएन ।

    घरमा कमाउने कोही नहुँदा रोनाल्डोको परिवारले ज्यादै ठूलो आर्थिक संकट भोग्नुपरेको थियो ।अमेरिकी पत्रकार पियर्स मोर्गानसँगको अन्तर्वार्तामा रोनाल्डोले आफूले भोक लागेपछि खानाका लागि भिख मागेको पनि बताएका छन् । उनी भन्छन्, ‘मेरो बुबा फुटबल स्टेडियमछेउमा मालीको काम गर्नुहुन्थ्यो ।

    एक दिन हामी दुवै ज्यादै भोकाएका थियौँ, पैसा थिएन । भोकले सीमा नाघेपछि हामी मकडोनाल्डको ढोका ढकढक्याउन पुगेका थियौँ ।’ज्यादै मदिरा पिउने बानीका कारण रोनाल्डोको पिताको सन् २००५ मै कलेजो बिग्रिएर मृत्यु भयो । यस कारण उनका पिताले रोनाल्डोले सफलता चुमेको कहिल्यै देख्नै पाएनन् ।

    पियर्स मोर्गानसँग रोनाल्डोले भनेका छन्, ‘मैले पितालाई शतप्रतिशत चिन्ने मौका पाइनँ । तर, उहाँ जँड्याहा हुनुहुन्थ्यो । मैले उहाँलाई सामान्य अवस्थामा कहिल्यै देखिनँ भन्दा पनि हुन्छ । उहाँ जतिबेला पनि मातेको अवस्थामा देखिनुहुन्थ्यो ।’बच्चा बेलामा आफू सानो छँदा आफ्ना दाइ हुगो अभिरो र दिदीहरू एल्मा र लिलिना काटियाले आफ्नो रेखदेख गर्ने गरेको पनि रोनाल्डो सम्झिन्छन् ।

    धेरै रुने हुँदा रोनाल्डोलाई दाइदिदीले रुन्चे नामै राखिदिएका थिए । सानैबाट फुटबलका पारखी रोनाल्डोले १४ वर्षको उमेरदेखि विद्यालयको शिक्षा त्यागेर आफ्नो पूरा जीवन फुटबललाई समर्पण गरिदिए । राम्रो फुटबल खेल्ने भएकाले नै १६ वर्षको उमेरमा स्पोर्टिङ सीपी क्लबले उनलाई अनुबन्ध गरेको थियो ।

    अर्को वर्ष अर्थात् सन् २००३ त्यही वर्ष थियो, जसले रोनाल्डोलाई विश्वले चिन्यो ।त्यस वर्ष अगस्ट ६ मा विश्वचर्चित क्लब म्यानचेस्टर युनाइटेड र स्पोर्टिङबीच मैत्रीपूर्ण फुटबल भएको थियो । सो खेलमा रोनाल्डोले यस्तो आकर्षक खेले कि जसले चर्चित प्रशिक्षक सर एलेक्स फर्गुसन तिनछक परे ।

    खेल सकिएको हप्ता दिन नपुग्दै अगस्ट १२ मा म्यानचेस्टर युनाइटेडले रोनाल्डोलाई अनुबन्ध गरिसकेको थियो ।रोनाल्डो युनाइटेड पुग्नु नै फुटबल जगत्‌मा उनको वर्चस्वको सुरुवात थियो जसबारे चर्चा गरिरहनुपर्दैन होला । अहिले ३८ वर्षमा पनि उनले विश्व फुटबलमा धमाका मच्चाइ रहेका छन् ।

    रोनाल्डो अहिले धनाढ्य भइसके तर पनि उनमा धनको घमण्ड छैन । उनी आफ्ना छोराछोरीलाई पनि आफ्नो दुःखको कथाबारे सुनाउँछन्, जसले उनीहरूलाई नम्र र व्यावहारिक हुन सहयोग पुग्ने रोनाल्डो बताउँछन् । रोनाल्डोले एक दिन आफ्ना जेठा छोरा रोनाल्डो जुनियरलाई आफू जन्मेहुर्केको घर देखाउन पोर्चुगल लगेका थिए ।

    त्यसबेला जुनियरले पिता रोनाल्डो बस्ने घर र ओछ्यान देखेर भनेका थिए, ‘बुबा, तपाईं यहाँ बस्नुहुन्थ्यो र, म विश्वास गर्न सक्दिनँ ।’दुःखमा आत्तिन र सुखमा मात्तिन हुन्न भनेर रोनाल्डोले छोराछोरीलाई सिकाइरहेका हुन् ।रोनाल्डो तीन प्रमुख परोपकारी संस्थाहरू सेभ द चिल्ड्रेन, युनिसेफ र वर्ल्ड भिजनका लागि ब्रान्ड एम्बासडर बनिसकेका छन् ।

    उनको परोपकारी व्यवहारबारे सबै परिचित नै छन् । उनले विश्वभरका गरिब राष्ट्रमा अस्पताल र विद्यालय बनाउनुका साथै भूकम्पपीडितहरूलाई करोडौँ दान दिइसकेका छन् ।सन् २०११ मा रोनाल्डोले आफूले पाएको युरोपियन गोल्डेन बुट नै बेचिदिएका थिए । बुटलाई १२ लाख मिलियन पाउन्डमा बेचेर उनले युद्धग्रस्त प्यालेस्टाइनी क्षेत्र गाजामा विद्यालयहरू बनाउन सहयोग गरेका थिए ।डेलीमेल

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    २१ वर्षीय युवकको कोरोनाबाट मृत्यु

    महिलासँग डराएर ५५ वर्षसम्म गुप्तवास यस्तो अबस्थामा भेटियो

    ६.४ म्याग्नीच्युडको भूकम्पको धक्का, चार जना घाइते

    कोरियामा १८१ जना सवार विमान दुर्घटना

    ताजा समाचार
    १

    आज २०८२ साल असार १ गते आइतबारको राशिफल

    २

    आज जेठ ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

    ३

    आज २०८२ साल जेठ २७ गते मंगलवार (Jun 10, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    ४

    आज २०८२ साल जेठ २० गते मंगलबारः यस्तो छ राशिफल

    ५

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    ६

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    ७

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    ८

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    ९

    आइतबार सार्वजनिक बिदा

    १०

    आज १८ जेठ २०८२ आइतवार, कुन राशिको कस्तो रहला ?

    समाचार
    थप

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? हेर्नुहोस्

    आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution