काठमाडौँ । राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस परित्याग गरेका छन् ।
सोमबार राष्ट्रपतिको शपथ गर्ने कार्यसूची रहेकाले आइतबार नै उनले पार्टी कार्यालयमा आफ्नो राजीनामा बुझाएका हुन् ।
पार्टी कार्यालयका सचिवका अनुसार पौडेलको राजीनामा पत्र उनका निकट सहयोगी खिला कार्कीले बुझाएका हुन् ।