• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / राजनीति
  • ६३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • सत्ताको साँचो एमालेकै हातमा !

  • संदेश पत्र
  • २०७९ फागुन १६, मंगलबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ – संसदको दोस्रो ठूलो दल नेकपा एमाले सोमवारदेखि प्रतिपक्षी कित्तामा आएको छ । प्रचण्ड सरकारलाई दिएको समर्थनसहित मन्त्रीहरु बाहिरिएपछि एमाले प्रमुख प्रतिपक्षी भूमिकामा बस्ने भएको हो ।

    नेकपा एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग सरकार चलाउन पुग्नेर बहुमत भने कायमै छ । सत्ता समीकरणमा फेरबदल आएसँगै संवैधानिक परिषदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा पर्ने भएका छन् । संवैधानिक निकायका पदाधिकारी र प्रधानन्यायाधीश सिफारिस गर्ने सर्वोच्च निकाय संवैधानिक परिषदमा पृष्ठभूमिका आधारमा अध्यक्षता गर्ने प्रधानमन्त्री भन्दा विपक्षी दलको प्रतिनिधित्व बढी हुने परिस्थिति बनेको हो । अझै केही समय राजकीय पदहरुको नियुक्तिमा प्रतिपक्षी दल एमालेसँगै सत्ताको साँचो रहेको छ ।

    प्रधानमन्त्रीको अध्यक्षता रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ । प्रधानन्यायाधीश सिफारिस गर्ने बैठकमा कामु प्रधानन्यायाधीशको सट्टा कानून मन्त्री सहभागी हुन्छन् ।

    वर्तमान संरचना अनुसार संवैधानिक परिषदमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र उपसभामुख इन्दिरा राना रहेका छन् । प्रतिनिधिसभाले विपक्षी दलको नेता को हो भन्ने टुंगो लगाइसकेको छैन । तर यसमा नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली रहने करिव निश्चित छ ।
    सत्ता जोडघटाउमा भएको परिवर्तनले परिषदमा केपी शर्मा ओलीको प्रवेश हुने र विगतमा एमाले पृष्ठभूमिकै नेताहरु सभामुख र राष्ट्रियसभाका अध्यक्ष रहेकाले संवैधानिक परिषदमा प्रधानमन्त्री प्रचण्ड दबावमा रहनेछन् ।

    संवैधानिक भूमिकाका कारण पनि कामु प्रधानन्यायाधीश कार्की खुलेर कुनै एक पक्षमा लाग्ने सम्भावना छैन । संवैधानिक परिषदमा प्रधानन्यायाधीश बाहेक सबै पदाधिकारीहरु निर्वाचनबाट आउने राजनीतिक पदाधिकारी हुन् ।

    अहिलेसम्म संवैधानिक परिषदमा प्रधानमन्त्री भन्दा उनको विपक्षमा रहने प्रमुख विपक्षी दलको नेता पक्षधरहरुको बाहुल्य हुने परिस्थिति बनेको थिएन । यसपालि भने परिषदका पदेन सदस्यहरु कोही तटस्थ रहनुपर्ने र बाँकी ओलीको पक्षमा खुल्ने भएकाले प्रधानमन्त्री स्पष्ट अल्पमतमा पर्ने अवस्था बनेको छ । परिषदमा प्रधानमन्त्रीलाई खुलेर साथ दिने कुनै पदाधिकारी नै नहुने अवस्था आउने देखिन्छ ।
    संवैधानिक परिषदको अहिलेको समीकरण आगामी वर्ष राष्ट्रिय सभाको अध्यक्ष पद रिक्त नहुँदासम्म कायम रहने देखिन्छ । विकसित घटनाक्रम हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य चयन भएकी उपसभामुख इन्दिरा राना सरकार पक्ष नभई विपक्षी कित्तामा पुग्ने सम्भावना रहेको जानकारहरु बताउँछन् ।

    अहिले सरकारले फेरि प्रतिनिधिसभामा संवैधानिक परिषदसम्बन्धी विधेयक पेश गरेको छ । विधेयकमा पहिलोपटक सबै पदाधिकारी उपस्थित भएमा मात्रै बैठक बस्न मिल्ने व्यवस्था प्रस्ताव गरिएको छ । पहिलो बैठक बस्न नसकेमा अध्यक्ष र तत्काल बहाल रहेकामध्ये ५० प्रतिशत सदस्य उपस्थित भएमा बैठक बस्न मिल्छ । विधेयक हुबहु पारित भएमा विपक्षी दलका नेता चुनिने केपी ओली पक्षधरले नचाहेमा बैठक नै बस्न नसक्ने परिस्थिति बन्ने भएको हो ।

    परिषदमा हुने छलफल र प्रस्ताव सर्वसम्मतिमा निर्णय गर्नुपर्ने परिकल्पना गरिएको छ । तर पहिलो बैठक अनिर्णित भएमा अध्यक्ष र ५० प्रतिशत सदस्यको निर्णयबाट प्रस्ताव पारित हुनुपर्ने उल्लेख छ । विधेयक पारित भएमा प्रतिपक्षी दल पक्षधरले नचाहँदा सबै प्रस्ताव असफल हुने जोखिम बढेको हो । अहिलेको परिस्थितिमा प्रमुख विपक्षी दललाई साथ नलिई प्रधानमन्त्रीले संवैधानिक परिषदमा आफू अनुकूल निर्णय गर्न नमिल्ने अवस्था छ ।

    नेकपा एमाले गत पुस १० मा बनेको सत्ता गठबन्धनबाट २ महिनामा सभामुख आफ्नो पक्षमा पार्न सफल भएको हो । राष्ट्रपति चुनावका क्रममा प्रधानमन्त्री प्रचण्डसँग समझदारी हुन नसकेपछि गठबन्धनबाट बाहिरिएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    धनगढीका मेयर हमाल दिल्लीको म्याक्स अस्पताल भर्ना

    उपसभामुखलाई हटाउने चर्चापछि रास्वपा आन्तरिक छलफलमा,के हुन्छ इन्दिरा राना मगर उपसभामुख पद ?

    माओवादी सुदूरपश्चिमको प्रमुख सचेतक बनिन् माल

    कांग्रेसभित्र कसले कति मन्त्रालय लिने ?

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution