काभ्रे । पाँचखाल नगरपालिका ४ लामीडाँडामा मंगलबार टिप्परको ठक्करबाट मोटरसाइकल चालकको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ का २० वर्षीय गौतम तामाङको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा मंगलबार पौने १० बजे तामाङको मृत्यु भएको हो ।
सोही घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका १९ वर्षीय सांगी तामाङको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
जिरो किलोबाट पाँचखालतर्फ आउँदै गरेको बा ५ ख ३४९४ नम्बरको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको बा ८५ प ९०१७ नम्बरको मोटरसाइकलाई मंगलबार बिहान करिब ९ बजे ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न दुवै सवारी साधन र टिप्पर चालकलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले नियन्त्रणमा लिएको छ ।