• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ बैशाख २७, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    १ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    २ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    २ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ बैशाख २७, शनिबार
in
होमपेज / राजनीति
  • ३५५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी !

  • संदेश पत्र
  • २०७९ फागुन १३, शनिबार (२ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ – अहिले गायिका एलिना चौहानले गएको ‘धोकेबाज हौ तिमी धोकेबाज हौ तिमी’ गित खुब भाईरल भयो । मेलामहोत्सबमा गरिएका हर्कतहरुले उक्त गित भाईरल भएको थियो । नेपाली राजनीतिमा पनि उक्त गित अहिलेको परिथितिसंग ठ्याक्कै मेल खाएको छ ।

    सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका दलले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णयसँगै १० पुसमा बनेको सत्ता गठबन्धन भत्किएको छ र, ८ दलको नयाँ गठबन्धन बनेको छ ।शुक्रबार बिहान कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र

    नेकपा एकीकृत समाजवादीको बैठक राखेका प्रधानमन्त्री प्रचण्डले दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका थिए । साँझ ५ बजे सुरुमा बिहान बसेका चार दलको बैठक बस्ने र ६ बजे अरु चार दल थपिएर ८ दल हुने तय भएको थियो ।

    तर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले अध्यक्ष ओलीलाई भेट्न गएका कारण ढिला आए । चार दलको बैठक बस्न सकेन र एकैपटक जनमत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाका नेताहरु समेतको सहभागितामा ८ दलको बैठक सुरु भयो ।

    बैठकको सुरुमा प्रधानमन्त्री प्रचण्डले संसदको सबभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने प्रस्ताव गरे । जबकि बिहान भएको छलफलमा एकीकृत समाजवादीले राष्ट्रपतिमा दाबी गरेको थियो भने जसपाका अध्यक्ष उपेन्द्र यादवसँगै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले समर्थन गरेका थिए ।

    कांग्रेस नेताहरुले भने आफ्नो दलले राष्ट्रपति नपाउने हो भने कसरी सहमति होला भनेर अस्वीकार गरेको थियो ।तर ८ दलको बैठकमा प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गर्नासाथ एकीकृत समाजवादीका अध्यक्ष नेपालले समर्थन गरे । अरु दलले पनि समर्थन गरे, कांग्रेस नेताहरुले धन्यवाद दिए ।

    ८ दलको बैठक केहीबेरमै सकियो । एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले सञ्चारकर्मीहरुसँग भने, ‘राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने टुंगो लागेको छ । उम्मेदवारका सन्दर्भमा कांग्रेसले निर्णय गर्छ ।’जनमत, लोसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाका नेताहरु बाहिरिएपछि बाँकी चार दलको फेरि बैठक बस्यो ।

    छलफलका क्रममा नेताहरुले पावर शेयरिङबारे छलफल गर्न प्रचण्ड, देउवा र माधव नेपाललाई आग्रह गरे ।तीन नेता झण्डै ४० मिनेट छुट्टै बसे । छलफलपछि तीनै नेता प्रसन्न मुद्रामा आए, बैठक सकियो ।स्रोतका अनुसार तीन नेता (प्रचण्ड, माधव नेपाल र देउवा)बीच प्रधानमन्त्रीमा आलोपालो गर्ने समझदारी भएको छ ।

    ४ मंसिरको चुनाव मिलेर लडेका तीन नेताबीच २/२/१ वर्षको आलोपालो सरकारको नेतृत्व गर्ने भएको थियो । तर देउवा र प्रचण्डमध्ये को पहिला प्रधानमन्त्री बन्ने भन्ने विवादका कारण गठबन्धन भत्कियो । प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बन्न पुगे ।१० पुसमा प्रचण्ड प्रधानमन्त्री बन्दै गर्दा पनि एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुखमा आलोपालोको सहमति भएको थियो ।

    दुई दलबीच साढे २ वर्षमा एमालेले सभामुख छाडेपछि प्रचण्डले प्रधानमन्त्री छाड्ने र एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्ने समझदारी भएको थियो । त्यही सहमति अनुसार एमालेबाट सांसद जितेका देवराज घिमिरे ५ माघमा सभामुख भए ।त्यो बेलामा राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो ।

    २६ पुसमा कांग्रेसले विश्वासको मत दिएसँगै माओवादीको बोली फेरियो । संसदको अधिकांश दलले प्रधानमन्त्रीलाई समर्थन गरेकाले राष्ट्रिय सहमति गर्नुपर्ने माओवादीको तर्क थियो । पार्टीबाटै राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने निर्णय गराएका प्रधानमन्त्री प्रचण्ड कांग्रेस नेताहरुसँग निरन्तर सम्वादमा बसे ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सहकार्यमा असुरक्षित ठानेका उनलाई कांग्रेस नेताहरुले धोका नहुने आश्वासन दिए, प्रचण्डले राष्ट्रपतिको वचन दिए ।शुक्रबार ८ दलको बैठकमा पनि उनी आफैंले कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गरेका हुन् । स्रोतका अनुसार अहिले पनि प्रचण्डले साढे २ वर्ष सरकार चलाउने समझदारी जस्तै छ ।

    त्यसपछि माधव नेपाल र अन्तिममा देउवा प्रधानमन्त्री हुने समझदारी बनेको छ । ‘कार्यकाल साढे २ वर्ष, १ र साढे १ वर्ष हुनसक्छ । यसबारे भोलिका दिनमा पनि छलफल होला’ एक नेता भन्छन्, ‘प्रचण्डपछि माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने चाहिं पक्कापक्की भएको छ ।’

    यद्यपि नेताहरु औपचारिक रुपमा बोल्न तयार छैनन् । एमाले सरकारमै रहेकाले प्रधानमन्त्रीमा आलोपालो र सरकारमा सहभागिताबारे एजेण्डा बनाएर छलफल नगरेको नेताहरु बताउँछन् । एक नेताका अनुसार राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने शुक्रबारको निर्णयसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ भन्ने साझा बुझाइ छ ।

    ‘भरे भोलि एमालेले समर्थन फिर्ता लिएपछि सरकारबारे खुलेर छलफल हुन्छ’, एक नेताले सुनाए ।नेताहरुका अनुसार जसपाले उपराष्ट्रपति र माओवादीले राष्ट्रिय सभा अध्यक्ष पाउने पक्का जस्तै छ । उपराष्ट्रपतिको चुनाव ३ चैतका लागि तय भएको छ भने राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाको कार्यकाल अर्को वर्ष फागुनमा सकिनेछ ।

    प्रतिनिधिसभाको सभामुख र उपसभामुख भने फेरिने छैन । एमालेका घिमिरे सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर उपसभामुख छन् । सभामुख/उपसभामुखलाई हटाउन दुई तिहाइ चाहिन्छ, राप्रपा र एमाले एकठाउँमा उभिनासाथ ८ दलीय गठबन्धनसँग संसदको दुई तिहाइ हुने छैन ।

    उता नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोकाधडीको राजनीतिमा उत्रिएको टिप्पणी गरेको छ । आज बालुवाटारमा बसेको आठ दलको बैठकको निर्णयले देशमा नयाँ अस्थिरताको विजारोपण गरेको एमालेले बताएको हो ।एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बालुवाटार बैठकको निर्णयसँगै सत्ता गठवन्धनको भविष्य संकटमा परेको बताए ।

    गठवन्धनको सबैभन्दा बढी लाभ लिनुभएका प्रधानमन्त्री प्रचण्डले नै गठवन्धनका सहयात्री दललाई धोका दिएर आफ्नै भविश्य अनिश्चिततातर्फ धकेलेको उनको भनाई छ ।‘प्रधानमन्त्रीले राजनीतिलाई धोकाधडी, दाउपेच र सौदावाजीको विषय बताए । अब हामीले नयाँ ढंगले सोच्नुपर्ने परिस्थिति निर्माण भएको छ,’ ज्ञवालीले भने ।

    अहिलेको राजनीतिक चक्रब्यूहको नेपाली राजनीतिमा दुरगामी असर पर्ने पनि उनले बताए ।विकसित घटनाक्रमबारे निर्णय लिन एमालेले शनिवार सचिवालय बैठक बोलाएको छ । सो बैठकपछि एमालेले आफ्नो धारणा बाहिर ल्याउने ज्ञवालीको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    २%१%८%१%४%
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    धनगढीका मेयर हमाल दिल्लीको म्याक्स अस्पताल भर्ना

    उपसभामुखलाई हटाउने चर्चापछि रास्वपा आन्तरिक छलफलमा,के हुन्छ इन्दिरा राना मगर उपसभामुख पद ?

    माओवादी सुदूरपश्चिमको प्रमुख सचेतक बनिन् माल

    कांग्रेसभित्र कसले कति मन्त्रालय लिने ?

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution