काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । शुक्रबार सर्वोच्च अदालतले गृहमन्त्री लामिछानेको नागरिकता मुद्धा विवादसम्बन्धी नेपालको नागरिकता पुनः प्राप्त नगरेको फैसला सुनाएसँगै उनको सांसद पद खारेज भएको हो ।
सांसद पद खारेज भएसँगै रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री पद पनि स्वतः रुपमा खारेज भएको छ । नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथाली सांसद बनेको भन्दै सर्वाेच्चले निर्वाचन आयोगको उम्मेदवारी र निर्वाचित निर्णय पनि खारेज गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछानले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।