काठमाडौं । प्रमुख प्रतिपक्षी दल ठानिएको नेपाली कांग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि यतिबेला संसदको अबको प्रमुख प्रतिपक्ष दल कुन हो ? भन्ने प्रश्न उठेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सबैजसो राजनीतिक दलले विश्वासको मत दिए ।विश्वास लिंदा प्रचण्डलाई कांग्रेससहित २६८ सांसदले मत दिएका थिए।सरकारलाई खबरदारी गर्नुपर्ने बलियो प्रतिपक्षको परिकल्पना गरेको संवैधानिक र कानूनी व्यवस्थाको बर्खिलाप कांग्रेसले आफूलाई विपक्षी वेञ्चमा बस्ने अथ्र्याउँदै आएको छ ।
एमाले अध्यक्ष केपी ओलीले मुखले संसदमा विश्वासको मात मागे पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिइहाल्ला भन्ने लागेको थिएन ।तर कांग्रेसले दिएको विश्वासको मतलाई एमालेका अध्यक्ष केपीशर्मा ओलीले आशंकाको दृष्टिले हेरेका छन् । उनले भने, “ यदि यो समर्थनभित्र सदासयता बाहेक अरु कुरा छैन भने यदि यो समर्थन कुनै जाल होइन भने स्वागत योग्य छ । यदि जाल हो भने माछा नभएको खोलामा फ्याके जस्तै हुनेछ ।”
ओलीले त्यसो भनिरहँदा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएको खुलासा गरेका छन् ।पाँच दलीय गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्शनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई कांग्रेसले विश्वासको मत दिएको बताए । निर्वाचनसँगै लडेको कांग्रेसले गठबन्धनको आवश्यकता अझै कायमै रहेको भन्दै प्रचण्डलाई आफूपट्टी फर्काउने प्रयास छाडेको छैन । वर्तमान गठबन्धन लामोसमय नजाने भन्दै आएका कांग्रेस नेताहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गुन लगाउन खोजेका छन् ।
कांग्रेसले बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्नेमा किन विश्वासको मत दियो ? यसका राजनीतिक कारण भिन्नै होलान् तर, संविधान र कानून अनुसार अब संसदको विपक्षी दलको नेता को हो ? भन्ने प्रश्न उठाएको छ ।
प्रतिनिधिसभा वा राष्ट्रियसभामा १० प्रतिशत वा सोभन्दा बढी सदस्यहरु भएका दलमध्ये सबैभन्दा बढी सदस्य भएको दलका नेता नै विपक्षी दलका नेता’ भन्ने व्याख्या छ ।राष्ट्रिय मान्यता प्राप्त दलका नेता मात्र विपक्षी दलका नेता हुने कानूनी व्यवस्थाले हालको अवस्थामा प्रतिनिधिसभामा प्रतिपक्षविहिनको अवस्था मान्न सकिन्छ । मजदूर किसान पार्टी वा राष्ट्रिय जनमोर्चा राष्ट्रिय मान्यता प्राप्त दल नभएकाले यी पनि मुख्य विपक्षी दल हुन सक्दैनन ।