झापामा खाना नपकाएको निहुँमा श्रीमानले लात्ताले हानेर श्रीमतीको हत्या गरेका छन्।
हिजो बेलुकी भोजपुर अरुण गाउँपालिका–१ घर भई झापाको अर्जुनधारा नगरपालिका– ९ खरबन्दिमा डेरा गरी बस्ने बिश्वराज घिसिङले श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन्।
खाना नपकाएको कारण झै-झगडा गरी लात्ताले हान्दा पेटमा लागि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए। ।
प्रहरीले घिसिङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पाठकको भनाइ छ।
‘विद्यालय तहमा नै विपद्का बारेमा अध्यापन गराउन आवश्यक’
विपद् विज्ञहरुले नेपालमा विपद्का जोखिमहरु बढीरहेको भन्दै आवश्यक साधवानी अपनाउन आग्रह गरेका छन्।
बुधवार काठमाडौंमा भएको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा सांसदहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. रञ्जनकुमार दाहालले नेपालमा जलवायु परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढीरहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरे।
उनले नेपालमा जलवायु परिवर्तनका कारण दुधकोशी, खुम्बु, लिखु, मेलम्ची लगायतका नदीका मुहानहरुमा हिमताल फुट्ने र पहिरो जाने क्रम बढ्दै गइरहेको बताए। उनले विपद्जन्य घटनाहरुलाई क्रम गर्नेकुरामा सरकारले आवश्यक नीति ल्याएर विपद्का घटनाहरु कम गर्नेकुरामा ध्यान दिनुपर्नेमा जोड दिए।
उनले भौतिक संरचनाहरु बनाउँदा पनि आवश्यक र दूरगारी अध्ययन हुन नसक्दा यस्ता समस्याहरु दिनप्रतिदिन बढ्दै गइरहेको बताए। विपद् जोखिम न्युनिकरणका लागि बाँकी रहेका जोखिमहरुको पहिचान गरी विस्तृत योजना बनाइ स्थानीय निकायहरुसँग मिलेर अघि बढ्न सुझाव दिए।
विपद् विज्ञ दाहालले विपद्को बारेमा जानकारी दिन विद्यालय पाठ्यक्रममा नै विपद्का बारेमा अध्ययन, अध्यापन गराउन आवश्यक रहेको बताए। उनले प्रत्येक पालिकामा भूगर्भविद् ईन्जिनियर आवश्यक रहेको पनि बताए।