रोल्पाबाट प्रदेशसभा सदस्य जितेका स्वतन्त्र सांसद माओवादी केन्द्रमा फर्किएका छन् । रोल्पा क्षेत्र नम्बर १ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका दीपेन्द्र कुमार पुनमगर नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।
गत मंसिर ४ को निर्वाचनमा तत्कालीन सत्ता गबठन्धनको आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका अमरसिंह पुनविरुद्ध माओवादी केन्द्रका दीपेन्द्रले स्वतन्त्र उम्मेदवारी दिएका थिए । दीपेन्द्र साढे ५ हजार भन्दा बढी मत अन्तरले विजयी पनि बने । दीपेन्द्रले १४ हजार ९२७ र अमरसिंहले १० हजार ४०६ मत पाएका थिए ।
उनलाई प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा खादा लगाइदिएर स्वागत गरिसकेका छन् । दीपेन्द्र माओवादी केन्द्रको पोलिटव्युरो सदस्य एवम् रोल्पा जिल्ला इञ्चार्जको जिम्मेवारीमा थिए ।