• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०७९ माघ २१, शनिबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनागृहमन्त्रीराशिफलपल शाहप्रचण्डतोसिमा कार्की
  • किन आइन सन्नी लियोनी नेपालमा ?

    ४ दिन अघि

    निहारिकाले जिल्ला अदालतमा दिइन् ‘श्रीमान्’विरुद्ध अंश मुद्दा

    ४ दिन अघि

    अष्ट्रेलियामा यी नेपाली युवतीले गरिन यस्तो काम जसले गर्दा पक्राउ परिन

    ४ दिन अघि

    माघ १४ गते शनिवारको राशिफल

    ६ दिन अघि

    “सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो” – दीपक राज गिरी

    १ हफ्ता अघि

    रवि लामिछाने दुई दिनमै मन्त्री बन्ने पक्का

    १ हफ्ता अघि

    म कुनै देशको नागरिक रहिन, फैसलालाई स्वीकार गर्छु: रवि लामिछाने

    १ हफ्ता अघि

    रवि लामिछानेको सांसद पद खारेज, गुमाए उपप्रधान एवं गृहमन्त्री पद पनि

    १ हफ्ता अघि

    अनमोल केसी स्टारर ‘छड्के–२’ को टिजर सार्वजनिक

    १ हफ्ता अघि

    आत्मदाह गरेका प्रेम प्रसादको परिवारले बीमा बापतको ५० लाख पाउने

    १ हफ्ता अघि
FLASH NEWS
  • १किन आइन सन्नी लियोनी नेपालमा ?
  • २निहारिकाले जिल्ला अदालतमा दिइन् ‘श्रीमान्’विरुद्ध अंश मुद्दा
  • ३अष्ट्रेलियामा यी नेपाली युवतीले गरिन यस्तो काम जसले गर्दा पक्राउ परिन
  • ४माघ १४ गते शनिवारको राशिफल
  • ५“सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो” – दीपक राज गिरी
  • ६रवि लामिछाने दुई दिनमै मन्त्री बन्ने पक्का
  • ७म कुनै देशको नागरिक रहिन, फैसलालाई स्वीकार गर्छु: रवि लामिछाने
  • ८रवि लामिछानेको सांसद पद खारेज, गुमाए उपप्रधान एवं गृहमन्त्री पद पनि
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०७९ माघ २१, शनिबार
in
होमपेज / जीवनशैली
  • २१२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • २० वर्षीया विपना : चिया बेच्दै स्नातक पढ्दै, ९० हजार महिनाको कमाई

  • संदेश पत्र
  • २०७९ पौष ३, आईतबार (१ महिना अघि)
  • फाईल तस्विर

    ३ पुस : गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुग्नुभयो । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ ।

    यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । उहाँले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै आउनुभएको छ ।

    बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक दुई सय कप चिया बेच्नुहुन्छ । बजारमा चियाको मूल्य रु २५ भए पनि विपनाले एक कप चिया रु २० का दरले बेच्नुहुन्छ । “चिया बेचेर दैनिक रु तीन हजारका दरले मासिक रु ९० हजार कमाइ हुन्छ”, उहाँ भन्नुहुन्छ, “घरखर्च सबै कटाएर रु ६० हजार बचत गर्दै आएकी छ । ” विपनाले दैनिक रु चारदेखि पाँच हजारसम्म कमाइ गरे पनि मासिकरूपमा औसत कमाइ रु तीन हजार भएको बताउनुभयो ।

    माध्यमिक शिक्षा परीक्षा (एसइई) पछि उहाँ पढ्नका लागि तम्घास आउनुभएको हो । उहाँले रेसुङ्गा बहुमुखी क्याम्पसबाट ‘प्लस टु’ सक्काउनुभयो । यसपछि फुर्सदमा भएको समयमा के गर्ने होला भनेर सोच्नुभयो । उहाँको सोच जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने भयो । यसपछि चिसो तम्घासमा तातो चिया बेच्ने सुरुआत गर्नुभयो ।

    मामाघरमै चिया पकाउने थर्मसभरि चिया राखेर गिलासहित बजार डुलेर चिया बेच्ने राम्रो भएमा निरन्तरता दिने होइन भने छाड्ने भनेर थालनी गर्नुभयो । तम्घास बजारमा डुल्दा चिया अधिकतम मात्रामा बिक्री भएर आम्दानी हुन थालेपछि विगत एक वर्षदेखि उहाँले निरन्तर चिया बेचिरहनुभएको छ ।

    अनुभव सङ्गाल्ने भनेर चिया बेच्न सुरु गरेको उहाँले बताउनुभयो । “अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो अनि निरन्तरा दिएँ”, उहाँ भन्नुहुन्छ, “मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन”, उहाँले भन्नुभयो । तम्घास बजारमै दुई सयभन्दा बढी कप चिया बिक्री भएर मनग्य आम्दानी भएपछि यसैलाई दीर्घकालीनरूपमा निरन्तरता दिने उहाँको भनाइ छ ।

    आमाबुवा र आफन्त आफ्नो कर्मबाट खुसी भएको उहाँले बताउनुभयो । उहाँ बिहान ६ बजे बजारमा चिया बेच्न निस्कनुहुन्छ । त्यसपछि फर्किएर खाना खाएपछि १२ बजे निस्कनुहुन्छ । तम्घास बजारमा चिया बिक्री नहुने समस्या कुनै दिन पनि नरहेको विपनाले बताउनुभयो । आफूले तयार गरेको चिया छोटो समयमै खपत हुने गरेको छ ।

    उहाँलाई अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि चिया बेच्न भ्याइनभ्याइ छ । कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई विपनामार्फत चिया खुवाउने गरेका छन् । कार्यक्रममा उपस्थितिले विपनाको खुलेर प्रशंसा गर्छन् ।

    उहाँ उपल्लो तम्घासमा रहेको मामाघरमा बस्दै आउनुभएको छ । उहाँले बिरामी हजुरआमाको हेरचाह पनि गरिरहेको बताउनुभयो । विपनाका बुवा हरिबहादुर कृषक हुनुहुन्छ भने आमा कोपिला गाउँकै विद्यालयमा शिक्षिका हुनुहुन्छ ।

    चिया बेचेर तम्घास बजार डुल्दा अहिलेसम्म कसैले नराम्रो नभनेको सबैले राम्रो भन्दै प्रशंसा गर्ने गरेको विपनाको अनुभव छ ।

    विपना आफूजस्ता भर्खरैका युवायुवतीलाई आफ्नै गाउँठाउँमा केही रोजगार वा व्यवसाय गर्न सुझाव दिनुहुन्छ । उहाँले केही कामका लागि लजाउने वा डराउने बानी राख्नै नहुने बताउनुभएको छ ।

    लाज र डरले जिन्दगीमा अगाडि बढ्न नसकिने उहाँको तर्क छ । विपना अहिले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्दै हुनुहुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    “सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो” – दीपक राज गिरी

    रवि लामिछाने दुई दिनमै मन्त्री बन्ने पक्का

    म कुनै देशको नागरिक रहिन, फैसलालाई स्वीकार गर्छु: रवि लामिछाने

    रवि लामिछानेको सांसद पद खारेज, गुमाए उपप्रधान एवं गृहमन्त्री पद पनि

    ताजा समाचार
    १

    किन आइन सन्नी लियोनी नेपालमा ?

    २

    निहारिकाले जिल्ला अदालतमा दिइन् ‘श्रीमान्’विरुद्ध अंश मुद्दा

    ३

    अष्ट्रेलियामा यी नेपाली युवतीले गरिन यस्तो काम जसले गर्दा पक्राउ परिन

    ४

    माघ १४ गते शनिवारको राशिफल

    ५

    “सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो” – दीपक राज गिरी

    ६

    रवि लामिछाने दुई दिनमै मन्त्री बन्ने पक्का

    ७

    म कुनै देशको नागरिक रहिन, फैसलालाई स्वीकार गर्छु: रवि लामिछाने

    ८

    रवि लामिछानेको सांसद पद खारेज, गुमाए उपप्रधान एवं गृहमन्त्री पद पनि

    ९

    अनमोल केसी स्टारर ‘छड्के–२’ को टिजर सार्वजनिक

    १०

    आत्मदाह गरेका प्रेम प्रसादको परिवारले बीमा बापतको ५० लाख पाउने

    समाचार
    थप

    “सुहागरात मनाइसके पछि बिहे दर्ता रद्द भो” – दीपक राज गिरी

    रवि लामिछाने दुई दिनमै मन्त्री बन्ने पक्का

    म कुनै देशको नागरिक रहिन, फैसलालाई स्वीकार गर्छु: रवि लामिछाने

    रवि लामिछानेको सांसद पद खारेज, गुमाए उपप्रधान एवं गृहमन्त्री पद पनि

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    एमालेकी कान्छी उम्मेदवार, २१ वर्षमै वडा सदस्यमा भिड्दै

    पानीको बहाव बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    news.sandeshpatra@gmail.com
    sandesh@sandeshpatra.com
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution