डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार सागर ढकालले निराहार व्रत बस्ने घोषणा गर्नुभएकाे छ ।
४ महिनादेखि निरन्तर रुपमा डडेल्धुरामा निर्वाचनको तयारी र प्रचारप्रसारमा सक्रिय हुनुभएका ढकालले बिहिबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे घोषणा गर्नुभएकाे हाे । मतदानको दिन नजिकिंदै गर्दा माैन अवधिसहित यहि मंसिर ४ गते सम्मका लागि व्रत बस्ने उहाँले बताउनुभएकाे हाे ।
जिल्लाका ५२ वटै वडाका विभिन्न बस्तीहरूमा मत मागेर डडेल्धुरा सदरमुकाम आइपुग्नुभएका ढकालले डडेल्धुराको भूमि शक्तिपीठ र संस्कृतिको धनी भएको भन्दै आफूलाई आसन्न आम निर्वाचनले उर्जा प्राप्त गरेको समेत बताउनुभयाे ।